Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

नक्कली शैक्षिक प्रमाणपत्रका भरमा स्थायी शिक्षक

मंगलबार, २० मंसिर २०७९

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र बनाई माध्यमिक तहको स्थायी शिक्षक पदमा नियुक्त भएका एक शिक्षकमाथि मुद्दा दायर गरेको छ । 

कैलालीको राष्ट्रिय उच्च माध्यमिक विद्यालय खैलाडका शिक्षक मथुरा चौधरीमाथि अख्तियारले शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेश गरेको भन्दै आरोपपत्र दायर गरेको हो । उच्च माध्यमिक विद्यालय संयोजक समेत रहेका चौधरीको शैक्षिक योग्यताको प्रमाणपत्रहरु छानविन गरिपाँउ भन्ने उजुरी निवेदन सम्बन्धमा अख्तियारले अनुसन्धान गरेको थियो ।

अनुसन्धानको क्रममा शिक्षक चौधरीले स्नातक तहको नक्कली ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट र चारित्रिक प्रमाणपत्रहरु पेश गरी माध्यमिक तहको स्थायी शिक्षक पदमा नियुक्त भएको फेला परेको अख्तियारको दावी छ । 

सो कार्य भ्रष्टाचार भएको ठहर सहित अख्तियारले विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

प्रतिक्रिया