Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

छुटेका अस्थायी शिक्षकलाई 'गोल्डेन ह्यानसेक'

मंगलबार, १२ पुस २०७९

काठमाडौं - तत्कालिन अस्थायी शिक्षकहरुले पाएको 'गोल्डेन ह्यान्डसेक'को सुविधाबाट बञ्चित शिक्षकलाई सरकारले पुनः सो सुविधा दिने भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७५ चैत ११ गतेको सचिवस्तरीय निर्णय बमोजिम विगत विभिन्न समयमा सूचना प्रकाशित गरी अस्थायी शिक्षकलाई गोल्डेन ह्यान्डसेक सुविधा दिएको थियो ।

सो सूचना अनुसार पनि अझ पनि केही अस्थायी शिक्षकहरु उक्त सेवाबाट बञ्चित भएको भन्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाले छुटेका अस्थायी शिक्षकलाई पुनः गोल्डेन ह्यान्डसेक सुविधा दिने जनाएको छ ।

त्यसका लागि केन्द्रले सूचना समेत प्रकाशन गरेको छ । केन्द्रले सो सन्दर्भमा जानकारी नपाएको र सम्पर्कमा नआएको कारण अझ पनि उक्त ऐन बमोजिमको सुविधा लिन केही शिक्षकहरु छुट भएको भनी केही शिक्षा विकास तथा समन्वय इकाई, सम्बन्धित अस्थायी शिक्षकहरु तथा शिक्षक महासंघबाट समेत जानकारी आएको उल्लेख गर्दै सूचना जारी गरेको छ । 

सरकारले २०७३ साल असार १५ गतेसम्म अस्थायी शिक्षकको रुपमा अविछिन्न कार्यरत रही शिक्षा ऐन, २०२८ (संसोधनसहित) को दफा ११(च) को उपदफा ९ अनुसार सुविधा प्राप्त गर्ने गरी उक्त ऐनको दफा ११(च) को उपदफा १० बमोजिम स्वतः अवकास भएका शिक्षकहरुका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले २०७५ चैत ११ गतेको सचिवस्तरीय निर्णय बमोजिम विगत विभिन्न समयमा सूचना प्रकाशित गरी अस्थायी शिक्षकलाई सो सुविधा दिएर बिदा गरेको थियो ।

सो सुविधा नपाएका अस्थायी शिक्षकलाई ३० दिनभित्र राष्ट्रिय किताबखाना (शिक्षक) मा पेश गर्नका लागि २०७९ असोज १२ गतेको मन्त्रिस्तरीय निर्णय भएको पनि केन्द्रले जनाएको छ । 

 

प्रतिक्रिया