Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

पाँच वर्षे छात्रवृत्ति अन्तर्गत दोश्रो बर्षको रकम प्रदान

विहीबार, २६ माघ २०७९

मोरङ - पाँच वर्षसम्म लगातार प्रदान गरिने छात्रवृत्ति अन्तर्गत मानव अधिकार तथा शान्ति समाजले यस बर्ष कक्षा ७ मा अध्ययनरत दलित समुदायका विपन्न परिवारका ३४ बालिकालाई छात्रवृत्ति रकम प्रदान गरेको छ । मोरङ जिल्लाको कटहरी गाँउपालिका, थलाहा स्थित श्री जनता मा.वि का २७ र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती मा.वि.का सात जना गरि ३४ जना बालिकालाई छात्रवृत्ति प्रदान गरिएको हो । प्रत्येक बालिकालाई १२ हजार रुपैंयाका दरले ४ लाख ८ हजार रुपैंया छात्रवृत्ति प्रदान गरिएको समाजले जनाएको छ । 

गत बर्षबाट शुरु पाँच वर्षे छात्रवृत्ति अभियान अन्तर्गत कक्षा ६ मा अध्ययनरत ३७ जना बालिकालाई छात्रवृत्ति प्रदान गरिएकोमा सो मध्ये यस वर्ष ३ जनाले विद्यालय छाडेको हुँदा ३४ जना बालिकालाई प्रदान गरिएको हो । 

‘छोरी पढाऔ : गरिमा बढाऔँ’ भन्ने आह्वान सहित समाजले प्रारम्भ गरेको बालिका छात्रवृत्ति अभियान अन्तगर्त पाँच वर्षसम्म अर्थात १० कक्षा पुगुञ्जेलसम्म यिनै बालिकाहरुलाई छात्रवृत्ति प्रदान गरिने छ । 

शान्ति समाज मोरङ शाखाका सभापति प्रा.डा। जीवन ढकालको सभापतित्वमा बुधबार सम्पन्न कार्यक्रममा समाजका सभापति रामकृष्ण बराल, निवर्तमान सभापति गोविन्द खनाल, पूर्व सभापति उत्तम पुडासैनी, सचिव लक्ष्मीनारायण मिश्र, जनता मा वि का प्र अ रामनारायण बिश्वास, सरस्वती मा वि का अध्यापक हरी कट्टेल, भगवान पुडासैनी, धन थापा, लगायतले समाजले थालेको शिक्षा र स्वास्थ्यको अभियानबारे प्रकाश पारेका थिए । 

छात्रवृत्ति अभियानका लागि समाजका सदस्य तथा शुभचिन्तकहरु रामप्रसाद जोशीले २ जना, अनुजा खनालले २ जना, संवत थापाले २ जना र उर्मिला पराजुलीले २ जनालाई सहयोग प्रदान गरेका छन् । यसैगरी रामकृष्ण बराल, गोविन्द खनाल, होमकान्त चौलागाई, उत्तम पुडासैनी, रत्नलक्ष्मी श्रेष्ठ, कृष्णबहादुर रावल, डिकप्रसाद घिमिरे, विकास थापा, नम्रता खरेल, सुदीप रिजाल, किरण ढकाल, भेषराज पोखरेल र डिल्लीबहादुर कार्कीले छात्रवृत्ति अभियानका लागि सहयोग गरेका छन् । यस्तै दिलबहादुर कार्की, कोमलप्रसाद शर्मा, यमुना कँडेल, रामबाबु दाहाल, लोचन रिजाल, राजेन्द्र खनाल, भैरव रिजाल, अच्युत बराल, मीना चौलागाई, राधिका खनाल, लक्ष्मी बराल, अपूर्वा शर्मा र  आर्या पाण्डेले यो छात्रवृत्ति अभियानका लागि सहयोग गरेको समाजका तर्फबाट कार्यक्रम अधिकृत सरिता पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

 

प्रतिक्रिया