Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

व्यवस्थापन अध्ययन गर्ने धेरै

शनिबार, ११ चैत्र २०७९

काठमाडौं - नेपालमा जनसंख्याको सबैभन्दा बढीले व्यवस्थापन क्षेत्रको अध्ययन गर्ने गरेका छन् । जनगण्ना २०७८ को अन्तिम नतिजा अनुसार सबैभन्दा धेरै व्यक्तिहरु अर्थात् ३५.१ प्रतिशत अर्थात् १३ लाख ९५ हजार ३१० जनाले व्यवस्थापन क्षेत्र अध्ययन गरेका छन् ।

सोही क्षेत्रलाई लैंगिक आधारमा हेर्दा सबैभन्दा बढी अर्थात् ३६.९ प्रतिशत पुरुषले व्यवस्थापन विषय÷क्षेत्र अध्ययन गरेको देखिएको छ भने सबैभन्दा बढी अर्थात् ३६.१ प्रतिशत महिलाले शिक्षा शास्त्र अध्ययन गरेका छन् । मानविकी र सामाजिक शास्त्र अध्ययन गर्ने महिला र पुरुषहरु बराबर रहेका छन् । सो क्षेत्र अध्ययन गर्ने महिला र पुरुषहरु ११.६ प्रतिशत रहेका छन् ।

कूल जनसंख्यामध्ये शिक्षाशास्त्र अध्ययन गरेका व्यक्तिहरु २९.९ प्रतिशत, मानविकी र सामाजिक शास्त्र अध्ययन गरेका व्यक्तिहरु ११.५ प्रतिशत रहेका छन् ।

विज्ञान, स्वास्थ्य, चिकित्साशास्त्र, इञ्जिनियरिङ, कम्प्युटर÷सूचना प्रविधि, कानून, कृषि, वन र पशुविज्ञान÷पशु चिकित्सा÷मत्स्यपालन विषय अध्ययन गर्ने व्यक्तिहरु क्रमशः ७.१, ४.४, ३.०, १.२, ०.८,०.७, ०.३ र ०.२ प्रतिशत रहेको छ ।

शुक्रबार सार्वजनिक जनगणना रिपोर्ट अनुसार मानविकी तथा सामाजिक शास्त्र अध्ययन गरेकाको जनसंख्या ४ लाख ५८ हजार २१६, शिक्षा अध्ययन गरेकाको जनसंख्या ११ लाख ८९ हजार ५५६, विज्ञान तथा प्रविधि अध्ययन गरेकाको जनसंख्या २ लाख ८१ हजार ८८७, स्वास्थ्य÷चिकित्साशास्त्र अध्ययन गरेकाको संख्या १ लाख ७३ हजार ८०८ जना रहेका छन् ।

यता इञ्जिनियरिङ तर्फ १ लाख २० हजार ६३३, कानूनतर्फ २९ हजार ७९५, कृषितर्फ २५ हजार ९३२, वनतर्फ १२ हजार ९२०, पशुविज्ञान÷पशु चिकित्सा÷मत्स्यपालनतर्फ ९ हजार ३०९, कम्प्युटर÷सूचना प्रविधितर्फ ४५ हजार ८८० रहेका छन् ।

 

प्रतिक्रिया