Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

शिक्षक प्राध्यापकको मर्यादा पछिल्लो लहरमा

सोमबार, १३ चैत्र २०७९

काठमाडौं - सरकारी एवम् सार्वजनिक पदाधिकारी र राष्ट्रिय जीवनलाई योगदान गरेका विशिष्ट व्यक्तिको मर्यादाक्रमको सूचीमा शिक्षक, प्राध्यापकको मर्यादा पछिल्लो लहरमा राखिएको छ । आईतबार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ स्वीकृत गरेसँगै शिक्षक, प्राध्यापकको पनि मर्यादा क्रम निर्धारण भएको हो । 

मर्यादा क्रमको विभाजन अनुसार विधेयकमा उल्लेख २२ मर्यादा स्थान मध्ये विश्वविद्यालयका प्राध्यापकको मर्यादा १७ औं स्थानमा समेटिएको छ  । यस्तै विश्वविद्यालयका सहप्राध्यापक र माध्यमिक तहको प्रथम श्रेणीका शिक्षकको मर्यादा क्रम १९ औं स्थानमा छ । विश्वविद्यालयका उपप्राध्यापक र द्वितीय श्रेणीको शिक्षकको मर्यादा क्रम २० औं तथा विश्वविद्यालयका सहायक प्राध्यापक र तृतीय श्रेणीको शिक्षकको मर्यादा क्रम २२ औं स्थानमा  तोकेको छ । २१ औं स्थानमा वडाध्यक्ष, नगर तथा गाउँ कार्यपालिकाका सदस्य र स्थानीय तहका पूर्व पदाधिकारीलाई राखिएको छ । 

नेपाल राज्य वा नेपाल सरकारका नाममा स्वदेश वा विदेशमा हुने औपचारिक समारोह वा प्रतिनिधिमण्डल, पत्राचार वा अन्य कुनै कामकाजमा निर्धारित मर्यादाको पालना गर्न क्रम निर्धारण गरिएको विधेयकमा उल्लेख छ । 

आइतबार बसेको सभाको बैठकमा नेकपा एकिकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले उक्त विधेयक पेश गरेका थिए । विधेयकमा सैद्धान्तिक छलफल सकिए पछि राष्ट्रिय सभा अध्यक्षले विधेयकको विपक्षमा कोही पनि नरहेकाले विधेयक संसद्बाट सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका थिए ।  

राष्ट्रिय सभाबाट उक्त विधेयक सर्वसम्मतिले स्वीकृत भएसँगै मर्यादाक्रमको विषय पुनः चर्चामा आएको छ । मर्यादाक्रम नमिलेको भन्दै  यसअघि लामो समय देखि बहस हुँदै आएको छ । 

उक्त विधेयकमा राष्ट्रिय  झण्डा र राष्ट्रिय गानको प्रयोग र अति विशिष्ट तथा विशिष्ट व्यक्तिलाई सम्मान प्रकट गर्ने र सलामी दिने लगायतका विषय पनि समावेश गरिएको छ । 

मर्यादाक्रम निम्नानुसार निर्धारण गरिएको छ : 

प्रतिक्रिया