Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

संसदमा प्रश्न : थप शिक्षकको खर्च कसरी थेग्छ राज्यले ?

मंगलबार, ०५ बैशाख २०८०

काठमाडौं - सामुदायिक विद्यालयमा शिक्षक अभाव भएको र उक्त अभाव पूर्ति गर्न राज्यले आवश्यक बजेट कसरी जुटाउँछ भन्ने बारेमा संसदमा प्रश्न उठेको छ ।

मंगलबारको संसद बैठकमा विशेष समयमा बोल्दै एमालेका सांसद श्याम कुमार घिमिरेले उक्त प्रश्न उठाएका हुन् । 'विद्यालय शिक्षाका लागि थप ५० हजार भन्दा बढि शिक्षकहरुको आवश्यकता छ भनिन्छ' उनले भने 'यो खर्च राज्यले कसरी थेग्न सक्छ ? यस विषयमा गम्भिर नीतिको आवश्यकता छ ।'

विश्वविद्यालय र अध्ययन प्रतिष्ठानहरु गरेर १९ वटा पुगेका तर्फ संसदको ध्यानाकर्षण गराउँदै उनले यतिधेरै विश्वविद्यालय र प्रतिष्ठानहरु कुन आवश्यकताले खोलियो ? तिनको आर्थिक परिपूरण कसरी हुने हो ? प्रश्न गरेका छन् ।

आजको आवश्यकता प्राविधिक शिक्षामा भएको हुँदा राज्यले साधारण शिक्षामा भन्दा प्राविधिक शिक्षामा लगानी बढाउन औचित्यपूर्ण हुने उनको सुझाव छ । प्राविधिक शिक्षामा नीजि क्षेत्रलाई पनि ब्यापक रुपमा सहभागी गराउन र लगानी बढाउन उनको सुझाव छ । बजेट निर्माणको क्रममा रहेको सन्दर्भमा संसदको विशेष समयमा बोल्दै उनले हचुवामा बजेट बढाउने क्रम रोक्न र साधारण खर्च घटाउने सुझाव दिएका छन् ।

घाटामा रहेका कम्पनीहरुको शेयर बेच्ने, बार्षिक बजेटका लागि योजना छनौट गर्दा सम्बन्धित योजना ईकाई र जनप्रतिनिधि बसी छनौट गर्नु पर्ने, १५ हजार नेपाली बराबर एक जना चिकित्सक रहेको अवस्थालाई सुधार गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीको संख्यामा दोब्बर बृद्धि गर्न जरुरी रहेको लगायतका विषयमा उनले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया