Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

शिक्षक, कर्मचारी, जनप्रतिनिधिका सन्तान सामुदायिकमा भर्ना गर्न ताकेता

बुधबार, २० बैशाख २०८०

नवलपरासी - जनप्रतिनिधि, कर्मचारी, शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गर्न बर्दघाट नगरपालिकाले ताकेता गरेको छ । पालिकाका सबै जनप्रतिनिधि, कर्मचारी, शिक्षक र विव्यसका पदाधिकारीलाई सम्बोधन गर्दै गत आईतबार जारी सूचनामा नगरपालिकाको शिक्षा ऐनको व्यवस्था स्मरण गराईएको छ । 

नगर शिक्षा ऐन २०७७ को दफा ११ क मा नगर सभाका सदस्यहरु, नगर कार्यपालिकामा कार्यरत कर्मचारीहरु, नगरपालिका भित्र सञ्चालित सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनु पर्ने कर्तव्य हुने छ भन्ने विषय उल्लेख गरिएको छ । 

त्यसैले सार्वजनिक पद धारण गरेकाहरुले आफ्ना सन्तान सामुदायिक विद्यालयमै पढाउनु पर्ने भन्दै पालिकाले ताकेता गरेको हो । 

प्रतिक्रिया