Edukhabar
शनिबार, १२ साउन २०८१
खबर/फिचर

प्रमाणपत्रदेखि नागरिकतासम्ममा विद्यार्थीले उमेर,नामथर सच्याउन सक्ने

मन्त्रिपरिषद् बैठकले उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियम, २०८० संशोधन गरेको छ।

शनिबार, ०९ भदौ २०८०

काठमाडौं । विद्यार्थीले जन्मदर्ता, शैक्षिक प्रमाणपत्र तथा नागरिकतामा उमेर, नाम, थरलगायत विवरण फरक परेमा सच्याउन पाउने भएका छन् । सरकारले यससम्बन्धी नियमावली संशोधन गरी फरक विवरण सच्याउन पाउने व्यवस्था गरेको जनाएको छ । 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उमेर, नाम र जात सच्याउने (तेस्रो संशोधन) नियम, २०८० संशोधन गरेको छ। संशोधनअनुसार अब यसअघिका जुनसुकै समयका प्रमाणपत्र पनि सच्याउन सकिने बताइएको छ ।

यसअघि प्रमाणपत्र पाएका मितिले ६ महिनाभित्र सच्याउनका लागि दरखास्त दिनुपर्ने प्रावधान थियो। यसलाई पाँच वर्ष बनाइएको छ। तर, पाँच वर्ष नाघेकाको हकमा पनि यो नियम लागू भएको एक वर्षभित्र दरखास्त दिए सच्याउन सकिने प्रावधान राखिएको छ। 

प्रतिक्रिया