Edukhabar
शनिबार, १२ साउन २०८१
खबर/फिचर

शिक्षक महासंघलाई वार्ताको लागि बोलावट

कतिपय माग नियमावली र नीतिगत निर्णयबाट सम्बोधन हुने प्रकृतीका रहेको मन्त्रालयको निष्कर्श

सोमबार, ०१ असोज २०८०

काठमाडौ - विद्यालय बन्द गरेरै आन्दोलनको धम्कि दिएको शिक्षक महासंघलाई शिक्षा मन्त्रालयले वार्ताका लागि बोलाएको छ । विद्यालय बन्द र आन्दोलनका कार्यक्रम स्थगन गरी मंगलबार दिउँसो तीन बजे शिक्षा मन्त्री अशोक कुमार राईको संयोजकत्वमा हुने वार्तामा मन्त्रालयले शिक्षक महासंघलाई बोलाएको हो । 

अहिले महासंघले उठाएका कतिपय माग नियमावली र नीतिगत निर्णयबाट सम्बोधन हुने प्रकृतीका रहेको निष्कर्श निकाल्दै मन्त्रालयले विभिन्न चरणमा भएको छलफल र महासंघले पेश गरेका सुझावलाई विधेयककमा यथासक्य समावेश गरेको पनि स्मरण गराएको छ । 

मन्त्री राईले गत भदौ २७ गते विद्यालय शिक्षा सम्बन्धि कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक सदनमा दर्ता गरेसँगै महासंघको व्यानरमा सामुदायिक विद्यालयका शिक्षकहरुले विद्यालय बन्दको धम्कि दिएका थिए । उनीहरुले देशभरका विद्यालय बन्द गरी शिक्षकलाई काठमाडौमा उतारेर असोज तीन गते प्रदर्शन गर्ने घोषणा गरेका छन् । 

विद्यालय बन्द गर्ने धम्कि पछि शिक्षक महासंघको चौतर्फि आलोचना भईरहेको छ ।

विद्यालय बन्दको धम्कि तत्काल रोक, ऐन निर्माण प्रकृयामा अवरोध हैन सदुपयोग गर

शिक्षकलाई वार्तामा बोलाएपछि मन्त्रालयले जारी गरेको विज्ञप्ति 

letter


 

प्रतिक्रिया