Edukhabar
शनिबार, १२ साउन २०८१
खबर/फिचर

प्रदर्शनले विद्यालय बन्द

बस भएका ठूला विद्यालयमा असर

विहीबार, ०७ मंसिर २०८०

काठमाडौ - एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वले काठमाडौमा प्रदर्शन गर्ने भए पछि यसको असर बस भएका ठूला विद्यालयमा पनि परेको छ । काठमाडौ र ललितपुरका ठुला निजी विद्यालयले कक्षा सञ्चालन नहुने सूचना अभिभावकलाई पठाएका छन् । काठमाडौ र लतिपुर महानगर क्षेत्रका विद्यालयमा प्रदर्शनको असर परेको हो । कक्षा १२ सम्म काठमाडौमा २ लाख ५० हजार र ललितपुरमा १ लाख विद्यार्थी अध्ययनरत छन् । काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले सामुदायिक विद्यालय सञ्चालन भएपनि बस भएका केही ठुला विद्यालय मात्रै बन्द रहेको बताए । 

‘प्रदर्शनको असर केही विद्यालयमा परेको छ,’उनले भने ।

प्रदर्शन अघि नै बसमा आउने विद्यार्थी विद्यालयमा ल्याएपनि फर्कदा समस्या हुने भएपछि बन्द गर्नु परेको एक विद्यालय सञ्चालकले बताए । 

प्रदर्शनका कारण अप्रीय घटना हुने सक्ने आँकलन गरेर प्रशासनले युवा संघलाई तिनकुने स्थित चौरमा र प्रसाईं समूहलाई बल्खु क्षेत्रमा प्रदर्शन गर्न तोेको छ । बल्खुको प्रर्दशनले त्रिभुवन विश्वविद्यालयको नियमित सेवा समेत अबरुद्ध भएको छ । विश्वविद्यालयमा सेवा लिन जाने बाटो नै बन्द हुने गरी प्रर्दशनकारी जम्मा भएका छन् । 

प्रदर्शनलाई लक्षित गरी सरकारले भिआईपी क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । उपत्यकामा विशेष सुरक्षा प्रबन्ध मिलाइएको छ । कार्यक्रमस्थल आसपासमा सुरक्षाकर्मीको परिचालन बाक्लो छ । 
प्रहरीले सूचना जारी गरेर अत्यावश्यक कामबाहेक सवारीसाधन लिएर ननिस्कन आग्रह गरेको छ ।

प्रतिक्रिया