Edukhabar
शनिबार, १२ साउन २०८१
खबर/फिचर

कक्षा १–५ को पाठ्यपुस्तक कसले छाप्ने ?

पाठ्यक्रम विकास केन्द्रले एक महिना अघि नै पाठ्यपुस्तक छपाई जनक शिक्षा सामाग्री केन्द्र वा निजी प्रकाशन कसलाई दिने आवश्यक निर्णयको लागि फाइल मन्त्रालयमा पठाए पनि अझै निर्णय भएको छैन ।

विहीबार, २१ मंसिर २०८०

शिक्षा मन्त्रालयले देखि ५ कक्षासम्मको पाठ्यपुस्तक कसले छाप्ने भन्ने विगतको जस्तै यस वर्ष पनि निर्णय गर्न ढिलाइ गरेको छ । 

पाठ्यक्रम विकास केन्द्रले एक महिना अघि नै निर्णयको लागि फाइल मन्त्रालयमा पठाइसकेको छ । बेलैमा निर्णय नहुँदा पुस्तक छपाई कसले गर्ने भन्ने अन्योल भएको हो । सरकारले सामुदायिक विद्यालयमा उपलब्ध गराउने कक्षा १ देखि १० सम्मको पुस्तक छपाईको लागि हरेक वर्ष निजी वा जनक शिक्षा सामाग्री केन्द्र कसलाई कति कक्षाको किताब दिने भन्ने निर्णय गर्दै आएको छ । 

नयाँ शैक्षिक सत्र सुरु हुन चार महिना मात्रै बाँकी छ । ‘केन्द्रबाट फाइल आएको धेरै भयो तर, निर्णय किन नगरेको हो ? हामीले पनि भित्री स्वार्थ बुझ्न सकेका छैनौ,’मन्त्रालय स्रोतले भन्यो । अघिल्लो वर्ष १ देखि ५ कक्षाको पाठ्यपुस्तक निजी प्रकाशनलाई र ६ देखि १२ सम्मको जनक शिक्षा सामाग्री केन्द्रलाई दिएको थियो । यसपालि पनि मन्त्रालयले १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी प्रकाशन दिन सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ । जनक एक्लैले सबै पुस्तक छपाई गरेर वितरण गर्न नसक्ने मन्त्रालयका अधिकारीहरू बताउँछन् । 

‘सरकारको लगानी बिना हामीले बेलैमा पाठ्यपुस्तक विद्यार्थीको हातमा पु¥याएको मन्त्रालय, विभाग सबैलाई जानकारी नै छ,’निजी प्रकाशनका नेतृत्व गरेका दीपक भण्डारीले भने,‘जसलाई दिने हो बेलैमा निर्णय गरिदिए हुन्थ्यो । हामी त सरकारलाई सहयोग गर्न तयार छौ ।’ 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माको अध्यक्षमा मङ्सिर १२ मा केन्द्रमै यस विषयमा बैठक बसेको थियो । बैठकमा जनक शिक्षाका महाप्रबन्धक अनिल झाले सरकारले यस बारेमा चाडै निर्णय गरिदिन आग्रह गरेका थिए । १ देखि १० सम्मको आवश्यक पर्ने पुस्तक मध्ये १ करोड ६० लाख मध्ये ६० लाख मात्रै छाप्न बाँकी रहेकोले १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाईको जिम्मा पाए समयमै विद्यार्थीको हातमा पु¥याउन सकिने बताए । ‘३ कक्षाको केही किताब छपाई समेत गरिसकेका छौ,’उनले भने,‘अरू कक्षाको किताब अहिले धमाधम छपाई भइरहेको छ ।’ गत वर्ष विद्यार्थीको हातमा बेलैमा पाठ्यक्रम पु¥याए जस्तै यसपालि पनि केन्द्रले काम गरिरहेको उनले बताए । 

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले पुस्तक छपाई कसलाई दिने भन्ने छलफलको चरणमा रहेको बताए । 

 

 

 

 

 

 

 

प्रतिक्रिया