Edukhabar
आइतबार, १६ बैशाख २०८१
गुरुबा / गुरुआमा

‘बच्चालाई चिन्न सकेनौ भने धिक्कार हुन्छ’

हामीले के गर्न हुदैन भने २/४ जनालाई मात्रै छानेर नचाउने, कार्यक्रमा भाग लिन लगाउने अनि अरुलाई ध्यान नदिने गर्नु हुदैन । सबैलाई अवसर दिनुपर्छ । केहीलाई मात्रै अघि बढाउँदा अरु झन पछि पर्छन् । हरेक बच्चा राम्रो बनाउन सबैलाई अवसर दिनै पर्छ ।

शुक्रबार, २९ मंसिर २०८०

रातो बंगला सन १९९२  मा खोल्यौ । बच्चाले पढ्ने मात्रै होइन कि गर्दै सिक्दै पढ्ने विधि अपनायौ । जुन विधि निजी र सामुदायिक अरु विद्यालयमा थिएन । हामीले अपनाएको विधिलाई सुरुमा अभिभावकले पनि मन पराएनन् । विद्यालयमा 
खेलाउँछ भन्ने मात्रै आरोप लाग्यो । बिस्तारै अभिभावकले पनि बुझ्न थाल्नु भयो । उहाँहरु स्कुल आउनु भयो । सन २००० को एसएलसीको रिजल्ट डिस्टिङसन सहित राम्रो नतिजा आयो । ए लेभलको रिजल्ट पनि उत्तिकै राम्रो आयो ।
०००
स्कूल त सुरु गर्‍यौ तर, पढाउने सामाग्री थिएन । त्यसैले हामीले पुस्तक प्रकाशन  हाउस खोल्यौ । पाठ्यक्रमको किताबले मात्रै नपुगेपछि हामीले रातो बंगला किताब सुरु गर्‍यौ । त्यो किताब विद्यार्थीलाई मात्रै पढाएनौ । अभिभावकलाई पनि पढायौ । किताबको बारेमा अभिभावकले पनि बुझ्नु पर्ने बनायौ । बिस्तारै विद्यार्थीको सिकाईमा सुधार देखियो । हामीले जुन विधि अपनाएका थियौ । यो अरुले पनि सिक्नु पर्छ र सिकाउनको लागि रातो बंगला फाउण्डेशन सुरु गर्‍यो । काठमाडौं विश्वविद्यालयसंग सहकार्य गर्‍यौ । शिक्षक तालिम दियौ । हामीले तालिम सुरु गरेको पनि २० वर्ष भइसक्यो । निजी र सामुदायिक विद्यालयका शिक्षकहरुले तालिम लिनु भएको छ । हामीले कसरी विद्यालय परिवर्तन गर्न सकिन्छ भन्ने ज्ञान दिएका छौ । बच्चालाई बुझने । सबैभन्दा पहिला आफैलाई बुझ्ने । म कस्तो रहेछु ? मलाई के रमाइलो लाग्दो रहेछ ? मलाई के कुरामा रिस उठ्दो रहेछ ? थाहा पाउनु पर्छ । 
हामीले दैलेखमा सामुदायिक विद्यालयसंग सहकार्य गर्‍यौ । युनेस्को अवार्ड समेत पायौ । अहिले हामी अर्लि चाइल्डहुडमा काम गरिरहेका छौ । प्रारम्भिक विकास एकदमै महत्वपूर्ण हुन्छ । हामीले अरुलाई मात्र्र भन्ने मात्रै गरेका छैनौ । आफैले प्रि–स्कूल सुरु गर्‍यौ । प्रि–स्कुल सञ्चालनको एउटा मापदण्ड बनाएपछि शिक्षकहरुले तालिम लिन्छन् । तालिममा क्षमता विकास गरेपछि अरुलाई सिकाउछन् । हामी आफुले पहिला गर्ने अनि अरुलाई सिकाउने, शिक्षक तालिम दिने र समुदायसंग सहकार्य गरिरहेका छौ । 
हामीले पहिला बच्चालाई चिन्नुपर्छ । उनी को हुन ? उनको मनमा के छ ? उसको इच्छा के छ ? क्षमता के छ ? बुझनुपर्छ । विद्यालयको नेतृत्वले बच्चाको ब्रेन डेभलपमेन्टमा काम गरेनौ भने धिक्कार हुन्छ । ४ वर्ष पुगेको बच्चा प्रि–स्कूल आएको हुन्छ । उसलाई हामीले बुझ्नु जरुरी हुन्छ । अभिभावकसंग अन्तरक्रिया गर्नुपर्छ । अभिभावक अब चनाखो भइसके । अभिभावक खाडी हन्छन् । 
सरकारीमा राम्रो भएन भने निजीम लैजान्छु भनेर धम्क्याउछन् ।
सरकारी र निजीमा फरक भनेको सरकारीमा शुल्क तिर्नु पर्दैन निजीमा तिर्नु पर्छ । सरकारीमा अभिभावकलाई शुल्क तिर्न दिनु पर्छ । अनि मात्रै दायित्वबोध हुन्छ । शिक्षा निःशुल्क हुन सक्दैन । निजी पनि सरकारी भन्दा राम्रो हुनै पर्छ । निजी विद्यालय राम्रो हुन सकेन भने अभिभावकले बच्चा किन ल्याउछन ? त्यसैले सुधार गर्ने एउटा अवसर हो । हाम्रोमा आएका बच्चालाई जति ज्ञान दिन सक्यौ त्यति नै विद्यार्थी पाउछौ । हामी सकारात्मक हुनुपर्छ । अभिभावकको इश्यु र भार बुझ्नु पर्छ । हामीले के गर्न हुदैन भने कुनै २/४ जनालाई मात्रै छानेर नचाउने, अरुलाई ध्यान नदिने गर्नु हुदैन । सबैलाई अवसर दिनुपर्छ । एक/दुई जनालाई मात्रै अघि बढाउदा अरु झन पछि पर्छन् । हरेक बच्चा राम्रो बनाउन सबैलाई अवसर दिनै पर्छ । उसलाई हामीले चिन्न सक्नुपर्छ । अभिभावकसंग मिलेर काम गर्नु पर्छ । अनि मात्र सुधार गर्न सक्छौ । किताब र कापीले मात्रै विद्यार्थीले सिकाई सामाग्री पुग्दैन । 

रातो बङ्गला स्कुलकी निर्देशक दीक्षितले प्याब्सन दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको निजी र सामुदायिक विद्यालय बिचको सहकार्य सेसनमा व्यक्त अभिव्यक्ति ।

 

प्रतिक्रिया