Edukhabar
शुक्रबार, ०४ जेठ २०८१
खबर/फिचर

शिक्षाको कार्यालयमा छुटेका नागरिकता र पासपोर्टको चाङ (नाम सहित)

चाङ लगाएर राखेको नागरिकता, पासपोर्टमा भएको नाम र ठेगाना शाखाको अनुमतिमा उतारेका छौं ।

विहीबार, १२ पुस २०८०

भक्तपुर - विदेश अध्ययनको अनुमति लिन सानोठिमी पुगेका युवायुवतीले छाडेको नागरिकता र राहदानीको चाङ बढ्दै गए पनि खोज्न आउनेको संख्या शुन्य छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखामा सेवा लिन गएका युवायुवतीले अनुमति लिनको लागि सक्कली कागज देखाएकै ठाउँमा छाडेर हिँड्ने गरेका छन् । पछिल्लो केही महिना यता शाखामा थुप्रिएको नागरिकता र पासपोर्टको संख्या बढेको छ । 

शाखामा थुप्रिएको नागरिकता र पासपोर्ट कसको हो ? भनेर एडुखबरले केलाएको छ । शाखाका एउटा कोठाको दराजमा चाङ लगाएर राखेको चाङमा एक सय तीन जनाको नागरिकता र १६ जनाको पासपोर्ट छ । 

citizenshippassport
‘सक्कली कागज देखाए पछि एनओसीको काम पुरा हुन्छ’ शाखा प्रमुख शान्तिराम पौडेलले भने ‘एनओसी पाएको खुसीमा नागरिकता, पासपोर्ट र अरु कागजपत्र छाडेर जाने गरेका छन् । तर, खोज्न फर्केर आउँदैनन् ।’ 

यसरी छाडेको नागरिकता, पासपोर्ट, एटिएम कार्ड, मतदाता परिचयपत्र, शैक्षिक प्रमाणपत्र सुरक्षित राखेको उनले बताए । दराजमा चाङ लगाएर राखेको नागरिकता, पासपोर्टमा भएको नाम र ठेगाना शाखाको अनुमतिमा हामीले उतारेका छौं । यसको उद्देश्य एउटै हो – नागरिकता, पासपोर्ट जस्ता अति महत्वपूर्ण कागजात हराएपछि व्यक्तिले भोग्नु पर्ने हैरानीबाट उन्मुक्ति मिलोस् !

हेर्नुहोस् ककसका कागजात छुटेका छन् :

प्रतिक्रिया