Edukhabar
विहीबार, २७ बैशाख २०८१
खबर/फिचर

२ अर्ब ९ करोडको क्षति, पुनर्निर्माण गर्न ६ अर्ब ८४ करोड लाग्ने

४ सय ३३ वटा विद्यालयको भवन पूर्ण रूपमा क्षति

बुधबार, १८ पुस २०८०

काठमाडौँ–भूकम्पले जाजरकोट र रुकुम पश्चिमको शैक्षिक संस्थामा दुई अर्ब ९ करोडको क्षति भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । 

कात्तिक १६ मा गएको भूकम्पले दुवै जिल्लामा ४ सय ३३ वटा विद्यालयको भवन पूर्ण रूपमा क्षति भएको मन्त्रालयका सचिव सुरेश अधिकारीले बताए । आंशिक रूपमा १ हजार ३ सय १८ विद्यालयमा क्षति भएको मन्त्रालयले जनाएको छ । 

भूकम्पले १ हजार २ सय ८८ कक्षा कोठा पूर्ण रूपमा क्षति भएको र ३ हजार ८ सय ९९ कक्षाकोठा आंशिक क्षति भएको मन्त्रालयले जनाएको छ । 

क्षति भएको विद्यालयको पुनर्निर्माण गर्न ६अर्ब ८४ करोड खर्च लाग्ने अनुमान गरिएको छ । 

विद्यालय पुनर्निर्माण गर्न कम्तीमा तीन वर्ष लाग्ने मन्त्रालयले अनुमान गरेको छ । क्षति भएको विद्यालयमा तत्काल कक्षा सञ्चालन गर्न अस्थायी सिकाई केन्द्र (टीएलसी) निर्माण गरेको सचिव अधिकारीले बताए । उनका अनुसार जाजरकोटमा २ सय ८३ वटा र रुकुम पश्चिममा २ सय ११ टीएसली निर्माण भएका छन् । 

भवन निर्माणको लागि साढे तीन अर्ब रुपैयाँको जोहो भइसकेको अधिकारीले बताए । ०७२ को भूकम्पमा एडिबी, जाइकाले दिएको अनुदानबाट जाजरकोट, रुकुम पश्चिममा भत्किएका विद्यालयको पुनर्निर्माण गर्ने तयारी गरेको उनले बताए । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले जाजरकोट र रुकुम पश्चिममा सङ्घ, प्रदेश र स्थानीय तहका तीन प्राविधिकले भूकम्पले क्षति भएका विद्यालयको विवरण यकिन गरेर क्षतिको मुल्याङकन गरिएको बताए । भूकम्पले २ अर्ब ९ करोडको संरचनामा क्षति पुर्‍याएको विवरण प्राप्त भएको 

‘पूर्ण रूपमा क्षति भएका विद्यार्थी धेरै भएको विद्यालयमा ३ वर्षसम्म टिक्ने अस्थायी सिकाई केन्द्र निर्माण गरेर नयाँ भवन कस्तो बनाउने भन्ने डीपीआर अनुसार अघि बढ्न सुझाव आएको छ,’उनले भने । विद्यालय भवन निर्माण केन्द्रीय आयोजना कार्यान्वयन इकाई सिएलपीआयू) मार्फत गर्न उनले बताए । 

 

प्रतिक्रिया