Edukhabar
शनिबार, १२ साउन २०८१
खबर/फिचर

विद्यालय शिक्षा विधेयकमा अनलाइनबाट सुझाव दिन सकिने

सोमबार, ०१ माघ २०८०

काठमाडौँ–विद्यालय शिक्षा विधेयकमा अनलाइनबाट पनि सुझाव दिन सकिने भएको छ । 

संसद्को वेबसाइटमा विद्यालय शिक्षा विधेयकमा क्लिक गरेपछि सुझाव दिन सक्ने व्यवस्था गरेको संसद् सचिवालयले जनाएको छ ।

सरोकारवालासँग पहिलो चरणको छलफल लगभग सकिएपछि समितिले अनलाइनबाट सुझाव लिन लागेको हो । 

प्रतिनिधिसभा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबार बसेको बैठकमा सभापति भानुभक्त ढकालले स्वदेश र विदेश जहाँबाट पनि सुझाव दिन सक्ने बताए । समितिले स्वदेशमा भएका विभिन्न सरोकारवालासँग छलफल पछि अनलाइनबाट पनि सुझाव दिन सकिने प्रावधान अघि सारेको हो । ‘देश र विदेशबाट राय सुझाव राख्न सक्नु हुन्छ,’सभापति जोशीले भने । सुझाव दिन चाहने व्यक्तिको नाम, इमेल, सम्पर्क नम्बर, ठेगाना र दुई सय ५० शब्दमा सुझाव लेख्न सक्ने प्रावधान राखेको छ । सुझावलाई पीडीएफ बनाएर पनि पठाउन सक्ने सिस्टम बनाएको सचिवालयले जनाएको छ । 

शिक्षक महासंघ,नेपाल राष्ट्रिय शिक्षक संगठन, अखिल नेपाल शिक्षक संघ, विद्यालय कर्मचारी परिषद्, गाउँपालिका र नगरपालिका महासंघ, माध्यमिक विद्यालय शिक्षक युनियन, पेन्सन वञ्चित शिक्षक समाज, राहत शिक्षक, स्थायी शिक्षक हकहित मञ्च, बाल विकास शिक्षक, प्याब्सन, एनप्याब्सन, हिसान, प्राविधिक शिक्षक, बहिरा महासंघ, साबिक उच्च मावि दरबन्दी तथा अनुदान एवं राहत शिक्षकसँग समितिले छलफल गरिसकेको छ । मदरसा, किरात, गम्पो शिक्षा प्रदान गर्ने संस्थाका प्रतिनिधिलाई पनि समितिमा बोलाएर सुझाव लिइसकेको छ । राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्रम विकास केन्द्र र विद्यार्थी संघ सङ्गठनका प्रतिनिधिलाई पनि समितिमा बोलाएर विधेयकको लागि सुझाव लिइसकेको छ ।

 

 

 

 

प्रतिक्रिया