Edukhabar
विहीबार, २७ बैशाख २०८१
खबर/फिचर

चैत १५ देखि एसईई

सोमबार, ०८ माघ २०८०

काठमाडौं-माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत दोस्रो साता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले चैत १५ देखि २७ सम्म परीक्षा लिने निर्णय गरेको हो । 

यस वर्षको परीक्षामा हरेक विषयमा सैद्धान्तिकमा ३५ प्रतिशत अथार्त २७ अङ्क ल्याउनै पर्ने व्यवस्था लागू हुदैछ । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष परीक्षा चैत १५ देखि गर्ने निर्णय भएको बताए । बोर्डले तयार गरेको प्रश्न पत्रको आधारमा परीक्षाको व्यवस्थापन प्रदेश स्तरबाट हुने उनले बताए । 

कक्षा १० का विद्यार्थीले यसपालि नयाँ पाठ्यक्रम अनुसारको परीक्षा दिँदै छन् । परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुने पौडेलले बताए । 

 

प्रतिक्रिया