Edukhabar
सोमबार, ०७ जेठ २०८१
खबर/फिचर

नक्कली प्राध्यापक भएपछि आवेदन नै खारेज

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४१ पुरुष र २ महिला गरी ४३ प्राध्यापकले दरखास्त दिएका थिए । तर एक जनाको आवेदन खारेज गरेपछि ४२ जनाको मात्र नाम स्वीकृत

सोमबार, २९ माघ २०८०

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिका लागि आवेदन दिएका मध्ये एक जना प्राध्यापक नै नभएको फेला परेपछि उनको निवेदन खारेज गरिएको छ । उपकुलपति हुन आवेदन दिएका एकराज ओझा प्राध्यापक नरहेको पाइए पछि उनको आवेदन खारेज गरेको शिक्षा सचिव सुरेश अधिकारीले जानकारी दिए । 

सोमबार बसेको संसदको  शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठकमा सचिव अधिकारीले उनको आवेदन खारेज गरिएको बताएका हुन् । 

'एकराज ओझ प्रोफेसर हुनुहुदोँ रहेनछ', अधिकारीले भने, 'त्यसैले उहाँको निवेदन खारेज गरेका हौं ।' 

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४१ पुरुष र २ महिला गरी ४३ प्राध्यापकले दरखास्त दिएका थिए । तर ओझाको आवेदन खारेज गरेपछि ४२ जनाको मात्र नाम स्वीकृत गरिएको सचिव अधिकारीले बताए । ४२ जनामध्ये बाट १४ जनाको मात्र नाम सर्टलिष्ट गरिएको छ । सर्टलिष्टमा परेका १४ जनाको प्रस्तुतिकरण आजदेखी सुरु भएको छ ।

प्रतिक्रिया