Edukhabar
शनिबार, १२ साउन २०८१
खबर/फिचर

विवादित व्यक्ति माथि 'विचार' गर्न कांग्रेस सांसदको आग्रह

अंकभारको आधारमा सर्टलिष्टमा परेका व्यक्तिको नाम आएकोले यसलाई रोक्ने भन्दा पनि उनीहरुमाथि ‘विचार’ गरेर अघि बढ्नुको बिकल्प नभएको तर्क

सोमबार, २९ माघ २०८०

काठमाडौं - कांग्रेस सांसद बद्री पाण्डेले त्रिवि उपकुलपतिको सर्टलिष्टमा परेका मध्ये विवादित व्यक्तिलाई अघि बढाउनु अघि विचार गर्न आग्रह गरेका छन् । 

उपकुलपछि छनोट समितिले अहिले अंकभारको आधारमा सर्टलिष्टमा परेका व्यक्तिको नाम आएकोले यसलाई रोक्ने भन्दा पनि उनीहरुमाथि ‘विचार’ गरेर अघि बढ्नुको बिकल्प नभएको उनले बताए । 

‘आवेदन माग गरेपछि मेरिटोक्रेसीमा जानुको विकल्प छैन । मापदण्ड जाँच गर्दा विसडमको प्रयोग हुदैँन । सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेपछि  १ जनालाई प्रधानमन्त्रीले छान्न सक्नुहुन्छ,’उनले भने,‘अहिले यो काम ब्युरोक्रेसी तिर गएको छ । ब्युरोक्रेसीले मापदण्ड हेर्ने भयो । लोकसेवाको सिष्टमका गइसक्यो ।’ 

अब सच्याउने आधार भनेको ब्युरोक्रेटिक अंकभारको बाटोमा विचार गर्ने मात्रै भएको उनले बताए । 

‘सर्टलिष्टमा परेको व्यक्ति भ्रष्टाचार गरेको छ भने विवेक प्रयोग गर्नुस् भन्ने हो । प्रस्तुतीमा हुन सक्छ । अन्तरवार्तामा हेर्ने हो कि कहाँ हो उनीहरु माथि विवेक प्रयोग गर्नुपर्छ,’पाण्डेले भने । 

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपतिलाई पनि समितिमा बोलाएर सुझाव दिनु पर्ने उनले बताए ।

प्रतिक्रिया