Edukhabar
सोमबार, ०७ जेठ २०८१
खबर/फिचर

उपकुलपतिमा सर्टलिष्ट भएका खनियाँ, बराल र भुसाललाई विशेष ध्यान दिन निर्देशन

विवादित व्यक्तिलाई अघि बढाउने विषयमा ध्यान पुर्याउन कुलपति र सहकुलपतिलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

सोमबार, २९ माघ २०८०

काठमाडौं- प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सर्टलिष्टमा परेका विवादित व्यक्तिलाई अघि बढाउने विषयमा ध्यान पुर्याउन कुलपति र सहकुलपतिलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ । 

बौद्धिक चोरीमा परेका तिर्थ खनियाँ, भ्रष्टाचार मुद्धामा मुछिएका पोखरा विश्वविद्यालयको पूर्व उपकुलपति केशरजंग बराल र सूचना लुकाएको आरोपमा राष्ट्रिय सूचना आयोगले जरिवाना तिराएका त्रिविका बाहलवाला उपकुलपति शिवलाल भुसाल माथि बिशेष ध्यान दिन समितिले कुलपति तथा प्रधानमन्त्रीले ध्यानाकर्षण गराएका हुन् ।

‘अहिले सुचकिृतमा परेका मध्ये केही बौद्धिक चोरीमा परेका, भ्रष्टाचारमा मुछिएका र सूचना लुकाएका व्यक्तिहरुलाई सुचीबाट आउट गर्ने शब्द कतिको ठिक हुन्छ यस्तो व्यक्तिलाई बिशेष ध्यान दिन शिक्षा मन्त्रालय, प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराऔ,’समिति बैठकमा सभापति भानुभक्त जोशीले भने । 

समितिको बैठकले कार्यवहाक उपकुलपति भुसालले मनोमानी रुपमा गरेको नियुक्ति र सरुवाको विषयमा कानुन सम्भव भए नभएको छानविन गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । 

प्रतिक्रिया