Edukhabar
सोमबार, ०७ जेठ २०८१
गतिविधि

शिक्षाको व्यवसायिकीकरण चर्चाको केन्द्रमा

यद्यपी विश्व सामाजिक मञ्चमा विश्वका विभिन्न सहभागीहरु रहे पनि शिक्षालाई मसीनो तहमा हेर्न भने सक्षम नहुने हो कि भन्ने शङ्का गर्नु पर्ने अवस्था देखिन्छ ।

शुक्रबार, ०४ फागुन २०८०

काठमाडौं - विश्व सामाजिक मञ्चमा हुने चर्चामा यस पटक शिक्षामा व्यवसायिकीकरण मुख्य विषयसूचीमा रहेको छ । बिहीबार देखि काठमाडौंमा सुरु भएको पाँच दिने छलफलमा विश्व तथा नेपालका सहभागीहरुले शिक्षा सार्वजनिक हितको विषय कि व्यापारिक वस्तु भन्ने विषयमा गम्भीर चर्चा गर्ने भएका छन् । शिक्षा, संस्कृति र कला समूहमा गरिने विभिन्न अन्तरक्रिया, प्रत्यक्ष प्रदर्शन गरिने ललितकला, नाट्य कला प्रस्तुतीहरुले यी विषयलाई मुक्तिका सम्वाहक तत्व मानेका छन् । 

वर्तमान शिक्षा प्रणालीले विश्वमा रहेका समस्या समाधान गर्ने ज्ञान र क्षमतायुक्त नागरिक बनाउनु भन्दा विश्व बजारका उपभोक्ता बनाउन तयार गरेको बताउँदै औपनिवेशक कालदेखि नै यी माध्यमबाट प्रतिरोध र सङ्घर्षका स्वरहरु अभिव्यक्त भइरहेको जनाएको छ । उनीहरुले शिक्षालाई तानाशाह र जातिवादीहरुले पनि हतियार बनाएको कुरा उल्लेख गर्दै शिक्षालाई संंयुक्त रुपमा हस्तक्षेप गर्नु पर्ने उल्लेख गरेका छन् । शिक्षा विषयका १० भन्दा बढी गतिविधि यसै वरपर नै केन्द्रित छन् । 

(https://www.wsf2024nepal.org/activities मा education खोज्नु होस् ।)

यद्यपी, मञ्चमा विश्वका विभिन्न सहभागीहरु रहे पनि शिक्षालाई मसीनो तहमा हेर्न भने सक्षम नहुने हो कि भन्ने शङ्का गर्नु पर्ने अवस्था देखिन्छ । उद्घाटन समारोहमा वक्ताहरुले समानता र न्यायपूर्ण अर्को विश्व बनाउने उद्गार गरे पनि शिक्षाको भूमिकाको मुश्किलले उल्लेख गरे । विषयका वक्ताहरुले उनीहरुले तयार गरेको माथि भनिएको जस्तो सामूहिक प्रस्तावना नआएको पनि बताए । सामूहिक वक्ताहरु यदाकदा प्राध्यापकहरु रहे पनि शिक्षाको विषय उठाएनन् । 
मञ्चमा शिक्षा रुपान्तरणका सम्वाहक शिक्षण संस्था र शिक्षा शास्त्रीहरुको सहभागिता पनि देखिएको छैन । हाम्रो देशको राजनीतिक परिवर्तनका वाहक हौं भनेर दलीय राजनीति गर्न पाउनु पर्छ भन्ने दायाँबायाँ कतै तिरका नेपालका शिक्षकहरु पनि यसमा देखिएनन् । नेपाल शिक्षक सङ्गठनका एक पूर्व अध्यक्षको आह्वानले काम नगरेकाले शिक्षक नेतृत्व अभैm ज्ञानमा स्खलित भएको हो कि भन्ने प्रश्न उठाउँछ । रुचि वा क्षमता के नपुगेको होला भन्ने सरोकारवालाको चासो छ । शिक्षा सम्बन्धित समितिका सांसदहरु पनि शायद अनभिज्ञ नै रहे । त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्तिको वरिपरि मात्र घुमिरहेको अहिलेको नेपालको सार्वजनिक शिक्षा वृत्तलाई यसले आकर्षित गर्न सकेको देखिएनको छैन ।  

‘आज शिक्षाले समाजको दिशा निर्देश गर्ने अपरिहार्यता स्वीकार गरि सकिएको अवस्थामा शिक्षाको रुपान्तरण बिना ‘अर्को विश्व’ बनाउने कुरा, कुरामै सीमित हुन सक्छ’ यो प्रतिक्रियालाई नजिकबाट नियाली रहेका एक सहभागीले बताए । ‘अहिलेको वर्तमान राज्य सञ्चालनको प्रणाली रहँदा जब सम्म यस्तो प्रत्रृmयामा शिक्षक र शिक्षाशास्त्री संलग्न हुँदैनन् परिवर्तनले गति मात्र होइन आकार लिन पनि गाह्रो हुन्छ । यथार्थमा यी अभियानकारीहरु जे भाषण गरिरहेका हुन्छन् तिनका सन्तान स्कुल कलेजमा त्यसको उल्टो सिकाइरहेका हुन्छन्’ उनले थपे ।  

विश्वका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यले सञ्चालन हुँदै आएको विश्व सामाजिक मञ्चको यो सम्मेलन १६औँ हो । नेपालमा पहिलो पटक भएको सम्मेलनमा यस पटक ‘अर्को विश्व सम्भव छ’ भन्ने नारा तय गरिएको छ । 

सम्मेलनमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने आयोजकको दावी छ । अन्तर्राष्ट्रिय श्रम संगठन महासंघ एसिया प्रशान्त क्षेत्रका महासचिव सोया योसिदा, भारतका मानवअधिकारकर्मी तथा नर्मदा बचाओ आन्दोलनका अभियन्ता मेधा पाटकर, ल्याटिन अमेरिकाका सामाजिक अभियन्ता अलेदा ग्वेभेरा लगायत सम्मेलनका वक्ता रहेका छन् । 

सम्मेलनमा एक हजार दुई सय ५२ संस्थाका तर्फबाट १३ मूल विधामा आधारित चार सय कार्यक्रम दर्ता भएका छन् । सम्मेलनमा शिक्षा लागायत स्वास्थ्य आर्थिक असमानता, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जाति, जातीयता र भेदभाव,, आदिवासी, छुवाछूत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानुन लगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ । 

प्रतिक्रिया