Edukhabar
विहीबार, २७ बैशाख २०८१
खबर/फिचर

१ देखि ४ कक्षाको पाठ्यपुस्तक छपाई ९ वटा प्रेसमा

छपाइको लागि सबै प्रेसले पीआरसी लगिसकेको केन्द्रले जनाएको छ

मंगलबार, १५ फागुन २०८०

काठमाडौँ-आउदो शैक्षिक सत्रको लागि आवश्यक पर्ने विद्यालय तहको कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक ९ वटा प्रेसले छपाई र वितरण गर्ने भएका छन्  । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ६ देखि १२ सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामाग्री केन्द्रलाई र १ देखि ४ सम्मको निजी प्रकाशनलाई छपाई तथा वितरणको जिम्मा दिने निर्णय गरेको थियो । 

मन्त्रालयको निर्णय अनुसार पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम छपाई र बिक्री वितरणको लागि मुद्रक सूचीकरण गरेको हो । 

धनगढीको लोकेन्द्र प्रिन्टिङ प्रेस एन्ड पब्लिकेसन, धनगढीकै जगदम्बा पब्लिकेशन, विराटनगरको सहयात्रा प्रिन्टर्स एन्ड पब्लिर्स, विराटनगरकै हंस वाहिनी प्रिन्टर्स एन्ड पब्लिेकेसन, चितवनको कालिका प्रिन्टिङ एन्ड प्याकेजिङ, काठमाडौँको सुदिपा ट्रेडिङ कम्पनी, भक्तपुर चाँगुनारायणको चिरायु प्रेस एन्ड पब्लिसिङ र ललितपुरको समा पेपर्सले यस वर्ष पनि पुस्तक छपाइको जिम्मा पाएको हो । त्यस्तै काठमाडौँको एक्सप्रेस कलर प्रेसले यसपालि सूचीकरण भएको हो ।

यी प्रेसहरूले देशभरिका विद्यालयमा चार रङका पाठ्यपुस्तक र अन्य पाठ्यसामग्री छपाई गरेर बिक्री गर्न पाउने अनुमति पाएको हो । छपाइको लागि सबै प्रेसले पीआरसी लगिसकेको केन्द्रले जनाएको छ । गत वर्षको जस्तै यसपालि पनि बेलैमा पाठ्यपुस्तक पुर्‍याउन छपाई सुरु गरिसकेको निजी पब्लिकेन्सका प्रतिनिधि दीपक भण्डारीले बताए ।

‘कति छपाई गर्ने भन्ने यकिन तथ्याङ्क दिएको छैन । गत वर्षको रिपोर्टको आधारमा हामीले बेलैमा पुस्तक छपाई गरेर वितरण गर्ने लक्ष्य लिएका छौ,’उनले भने । सरकारले गत वर्ष ५ कक्षासम्म निजी प्रेसलाई छपाइको जिम्मा दिएको थियो ।

प्रतिक्रिया