Edukhabar
सोमबार, ३१ बैशाख २०८१
खबर/फिचर

नर्वेमा शिक्षक बन्न चाहने विद्यार्थीको शिक्षण अभ्यास कीर्तिपुरको ल्याब स्कुलमा

विहीबार, १७ फागुन २०८०

काठमाडौँ- नर्वेको ओस्लोमेट विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शिक्षा संकायका डीन कार्यालय बिच विद्यार्थीको शिक्षण अभ्यास आदान प्रदान सुरु भएको छ । 

डीन कार्यालयले ओस्लोमेटका १२ जना विद्यार्थीलाई कीर्तिपुर स्थित ल्याब्रोटरी स्कुलमा शिक्षण अभ्यास गराएको हो । स्नातक तह अध्ययन गरेर प्राथमिक तहको शिक्षकको तयारी गरिरहेका नर्वेका विद्यार्थीले ल्याब्रोटरी स्कुलमा डेढ महिनाको शिक्षण अभ्यास सकेको त्रिवि शिक्षा संकायका डीन प्रा.डा. चित्रबहादुर बुढाथोकीले बताए  । यस वर्ष ओस्लोमेटका विद्यार्थी नेपालमा शिक्षण अभ्यास गरेजस्तै अर्को वर्ष नेपाली विद्यार्थी नर्वेमा पठाउने तयारी रहेको बुढाथोकीले बताए ।

‘दुई विश्वविद्यालय बिचको अनुभव आदान गर्ने कार्यक्रम अनुसार यसपालि ओस्लोमेटका विद्यार्थीलाई हामीले शिक्षण अभ्यासको व्यवस्था मिलाएका हौ,’उनले भने,‘अर्को वर्ष नेपाली विद्यार्थी पठाउने तयारी छ ।’ नेपालमा डेढ महिना शिक्षण अभ्यास गरेका ती विद्यार्थी थप अभ्यास गर्न अब १५ दिन श्रीलंका जाँदै छन् ।

प्रतिक्रिया