Edukhabar
शनिबार, २८ भदौ २०८२
अन्तैवाट

विद्यालयमा बगैँचा बनाउन विभागको निर्देशन 

आइतबार, २० मंसिर २०७२

काठमाडौँ, २० मंसिर । विद्यालय परिसरमा बगैँचा निर्माण गर्नसमेत अब केन्द्रले नै निर्देशन दिनुपर्ने अवस्था सिर्जना हुन पुगेको छ।  शिक्षा विभागले सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएपछि १५ दिनभित्र शैक्षिक सुधार कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याउन देशभरीका जिल्ला शिक्षा कार्यालय, स्रोतकेन्द्र र विद्यालयलाई निर्देशन दिएको छ। 

थुप्रै विद्यालय परिसर उजाड भएको अवस्थामा रहेका छन् । विद्यालय परिसर हराभरा बनाउन शिक्षा विभागले बगैँचा नै तयार गर्न निर्देशन दिएको छ।  विभागले पठाएको परिपत्रमा स्थानीय समुदाय र विद्यार्थीको सहयोगमा तत्काल बगैँचा तयार गर्न भनिएको छ । 

नियमित रुपमा विद्यालय नआउने शिक्षक र विद्यार्थीलाई डण्डा लगाउने काम बालक्लब र विद्यार्थी सदनलाई जिम्मा दिन पनि विभागले निर्देशन दिएको छ।  विभागले गत २०७० साललाई शैक्षिक सुधार बर्षका रुपमा घोषणा गरेपनि त्यो घोषणापत्रमै सिमित भएको थियो । 

(आजको गोरखापत्र दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया