Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

लापरवाहीको हद : महिनामा ३० दिन, परीक्षा भने ३१ गते !

शुक्रबार, ०२ चैत्र २०८०
परीक्षा नियन्त्रण कार्यालयले निकालेको तालिका

काठमाडौं - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले चार बर्षे स्नातक तह अन्र्तगत सार्वजनिक गरेको परीक्षा तालिकामा गम्भिर लापरवाही गरेको छ । चैतको महिना ३० को भए पनि कार्यालयले ३१ गते परीक्षा लिने गरी तालिका सार्वजनिक गरेको छ । स्नातक तह अन्तरगत मानविकी, शिक्षा शास्त्र, व्यवस्थापन र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फको दोश्रो बर्षको परीक्षा तालिकामा कार्यालयले उक्त लापरवाही गरेको हो । 

आगामी चैत २८ गते देखि २०८१ बैशाख १४ गते सम्मका लागि तय गरिएको परीक्षा अनुसार व्यवस्थापन संकाय अन्तरगत दोश्रो बर्षको नियमित परीक्षा चैत ३१ गतेका लागि तय गरिएको छ । जब की चैतमा ३१ गते नै छैन । चैत ३१ गते म्याक्रोइकोनोमिक्स फर विजनेसको परीक्षा लिने गरी कार्यालयले तालिका सार्वजनिक गरेको छ । 

परीक्षा तालिकाको अर्को पेज पनि हेर्नुहोस् 

tu2

 

प्रतिक्रिया