Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

शिक्षा समितिको सभापतिमा थापा

बुधबार, ०७ चैत्र २०८०
फोटो :  संसद सचिवालय

काठमाडौं - प्रतिनिधि सभा अन्तरगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नयाँ सभापति पाएको छ । नेकपा एकीकृत समाजवादीका सांसद अम्मर बहादुर थापा सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।

यस अघिका सभापति भानुभक्त जोशी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भए पछि खाली भएको समिति सभापति चयनका लागि बुधबार तय भएको निर्वाचन प्रकृयामा थापाको मात्र उम्मेदवारी परेको थियो । उनको प्रस्तावक सत्ताधारी दल माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल र समर्थकमा एमाले सांसद दीपा शर्मा थिए । तोकिएको समयमा अन्य कुनै पनि उम्मेदवारी नपरे पछि संसद सचिवालयले उनलाई निर्वाचित घोषणा गरेको थियो । थापालाई बुधबार साँझ सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाएका छन् । 

सपथ लिए पछि थापाले शिक्षा र स्वास्थ्य क्षेत्रको उपलब्धि मुलक सुधारका लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् । 

 

प्रतिक्रिया