Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

एसईई व्यवस्थित गर्न ७७ हजार जनशक्ति, एक परीक्षा केन्द्रमा १५ जना सुरक्षाकर्मी परिचालन

आजदेखि एसईई

विहीबार, १५ चैत्र २०८०

काठमाडौँ–कक्षा १० को अन्तिममा लिइने एसईई आजदेखि सुरु भएको छ । ५ लाख ४ हजार ४ सय १४ विद्यार्थीले जापानको एक सहित २ हजार ६४ परीक्षा केन्द्रमा परीक्षा दिएका हुन् ।  बिहान आठ बजेदेखि पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भएको हो ।  

रजिस्ट्रेसन फारम भरेको आधारमा परीक्षा दिनेमा सबैभन्दा बढी बाग्मती प्रदेशबाट १ लाख ५ हजार ७ सय ४३ विद्यार्थी छन् । यसमा पनि काठमाडौँको मात्रै ३८ हजार ८ सय १३ र जापानबाट २३ जना विद्यार्थी छन् । जापानबाट २३ जना विद्यार्थीले पनि परीक्षा दिएका छन् । 

see

परीक्षा दिनेमा २ लाख ५० हजार ७ सय ७२ छात्र छन् भने २ लाख ५३ हजार ६ सय २७ छात्र छन् । त्यस्तै १५ जना अन्य समूहबाट परीक्षा दिएका छन् ।  परीक्षा नियन्त्रण कार्यालयका अनुसार मनाङ, मुस्ताङमा पनि एक एक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ । 

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षा व्यवस्थित र मर्यादित बनाउन ७७ हजार ४ सय ८५ जना जनशक्ति परिचालन हुदैछ । एउटा परीक्षा केन्द्रमा एकको दरले २ हजार ६४ जना परीक्षा केन्द्राध्यक्ष, १ सय ५० विद्यार्थी बराबर १ जना सहायक केन्द्राध्यक्ष, २० जना बराबर १ जनाको दरले निरीक्षक खटाइएको छ । एउटा परीक्षा केन्द्रमा १५ जना सुरक्षाकर्मी परिचालन हुने कार्यालयले जनाएको छ । यस अनुसार ३० हजार ९ सय ४५ जना सुरक्षाकर्मी परिचालन हुनेछ । त्यस्तै २५ हजार २ सय २२ जना परीक्षा नियन्त्रक खटिने कार्यालयले जनाएको छ । एक सय विद्यार्थी बराबर १ जनाको दरले ५ हजार ४५ परीक्षा सहायक, ५० जना विद्यार्थी बराबर १ जनाका दरले १० हजार ८१ कार्यालय सहयोगी खटिएका छन् । 

see1

 

 

  

 

 

 

 

प्रतिक्रिया