Edukhabar
विहीबार, २७ बैशाख २०८१
खबर/फिचर

बौद्धिक चोरीमा परेका प्राध्यापक त्रिवि सेवा आयोगको सदस्य हुन नपाउने

सेवा आयोगको सदस्यको लागि चैत २८ सम्म दर्खास्त दिन सकिने गरी विज्ञापन भएको छ ।

शनिबार, १७ चैत्र २०८०
Tu sewa aayog

काठमाडौँ–त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका सदस्य हुन विद्यावारिधि गरी प्राध्यापक भएर काम गरेको हुनु पर्ने भएको छ । 

Screenshot 2024-03-31 at 07.02.16

शिक्षामन्त्री सुमना श्रेष्ठ संयोजक रहेको छनोट समितिले सदस्य हुनको लागि विद्यावारिधि उपाधि प्राप्त गरेको, प्राध्यापक पदमा नियुक्ति भई अनुभव हासिल गरेको, कम्तीमा १० वर्ष विश्वविद्यालयको संस्थान, विभाग, अनुसन्धान केन्द्र, आगिंक क्याम्पस, स्कुल, कलेजमा प्राध्यापन गरेको अनुभव हुनुपर्ने मापदण्ड बनाइएको छ । त्यस्तै कम्तीमा दुई वर्ष उच्च शैक्षिक संस्थामा व्यवस्थापकीय जिम्मेवारी निर्वाह गरेको, बौद्धिक चोरीमा दोषी प्रमाणित नभएको हुनु पर्ने योग्यताको मापदण्ड बनाएको छ  ।  Screenshot 2024-03-30 at 22.23.12

त्यस्तै विश्वविद्यालयसँग कुनै स्वार्थ बाझिएको हुन नहुने, कुनै राजनीतिक दलको सदस्य हुन नहुने मापदण्ड कार्यविधिमा राखिएको छ । आयोगको सदस्य हुन ६५ वर्ष पुरा नभएको हुनु पर्ने कार्यविधिमा उल्लेख छ । त्यस्तै सिमागो जर्नल र्याङकमा सूचीकृत लेखको विवरण र नेप्जोलमा सूचीकृत समकक्ष समिक्षित जर्नलमा अनुसन्धानमूलक लेख प्रकाशन गरेको पेस गर्नु पर्ने हुन्छ । आयोगको सदस्य हुन अनुसन्धानलाई प्राथमिकता दिने भएको छ । एक सय पूर्णाङ्कमा ३० अंक अनुसन्धानलाई नै दिएको छ । 

 त्यस्तै अन्तर्राष्ट्रिय गोष्ठीमा अनुसन्धानमा आधारित कार्यपत्र प्रस्तुत गरेको अनुभव भएमा त्यो विवरण पनि पेस गर्नु पर्ने हुन्छ । 

समितिले उम्मेदवारले पेस गरेको योग्यता, अनुभव, लेख रचना, उम्मेदवारले प्रस्तुतीकरण र अन्तर्वार्ता आधारमा आयोगको सदस्य छनोट गर्ने कार्यविधिमा उल्लेख छ । शैक्षिक योग्यता, प्राध्यापक पदको अनुभव, जर्नलमा सूचीकृत लेख, अन्तर्राष्ट्रिय गोष्ठीमा अनुसन्धानमा आधारित कार्यपत्र प्रस्तुतीकरणको विवरण, कार्य योजना सहितको सोचपत्रको प्रस्तुतीकरणको मुल्याङकनको आधारमा सर्टलिष्ट सार्वजनिक गर्ने कार्यविधिमा उल्लेख छ । सर्टलिष्टमा परेकालाई मात्रै अन्तर्वार्ता बोलाइने भएको छ । 

Screenshot 2024-03-30 at 22.23.18

समितिले उम्मेदवार छनोट तथा सिफारिसको लागि तीन जनासम्म विज्ञ रहेको उपसमिति गठन गर्न सक्ने प्रावधान राखेको छ । उपसमिति वा विज्ञ समितिमा रहने व्यक्ति विद्यावारिधि शैक्षिक उपाधि प्राप्त गरी प्राध्यापक हुन हुनु पर्ने प्रावधान राखिएको छ । मुल्याङकनको एक सय अंकमा  प्राध्यापकको लागि १० अंक, विश्वविद्यालयको व्यवस्थापकीय पदको अनुभवलाई पाँच अंक, अनुसन्धानात्मक लेख प्रकाशन ३० अंक, अन्तर्राष्ट्रिय गोष्ठीमा अनुसन्धानमा आधारित कार्यपत्र प्रस्तुत पाँच अंक, विश्वविद्यालय सेवा आयोगको कार्य योजना सहितको सोचपत्र तीन हजार शब्दको  प्रस्तुतीकरण २५ अंक र अन्तरवार्ताको लागि २५ अंक पाउनेछ । सोचपत्रको २५ अंकमा पनि आयोगको गुणस्तर अभिवृद्धि र प्रभावकारिता र क्षमता विकासमा ५ अंक, आयोगको निष्पक्षता र तटस्थतामा ५ अंक, सुदृढीकरणमा छ अंक, प्राज्ञिक उत्कृष्टताको केन्द्रको रूपमा विकास गर्न सेवा आयोगको भूमिकालाई ५ अंक, आगामी रणनीतिलाई ५ अंक दिने कार्यविधिमा उल्लेख छ । 

रिक्त रहेको सदस्य छनोट गरी त्रिविको कुलपति एवं प्रधानमन्त्री समक्ष सिफारिस गर्नु पर्ने हुन्छ । सदस्य छनोट गर्ने कार्यविधि पारित भएसँगै समितिले सेवा आयोगको सदस्यको लागि चैत २८ सम्म दर्खास्त दिन सकिने गरी विज्ञापन गरेको छ । 

 

प्रतिक्रिया