Edukhabar
शनिबार, १२ साउन २०८१
खबर/फिचर

शिक्षामन्त्रीको बैंक खातामा चार करोड, काभ्रेमा आठ रोपनी जग्गा, ११ तोला सुन

रास्वपाका तर्फबाट मन्त्री भएका उनी सहित चार जनाले प्रधानमन्त्रीलाई सम्पत्ति विवरण सार्वजनिक गर्न दबाब दिएका थिए ।

मंगलबार, ०८ जेठ २०८१

काठमाडौँ–शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको बैक खातामा चार करोड रुपैयाँ रहेको सम्पत्ति विवरण सार्वजनिक भएको छ । 

सुमना-श्रेष्ठ_page-0001

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार श्रेष्ठको एनआइसी एसिया बैक खातामा १ करोड १५ लाख रुपैयाँ, एभरेस्ट बैकमा ३७ लाख र श्रीमान् पावल स्वविन्स्कीको नाममा विदेशी बैंक खातामा १ लाख ८९ हजार सात सय डलर, श्रीमानको नाममा पोल्याण्डको मुद्रा १ लाख ८० हजार रहेको छ ।

सुमना-श्रेष्ठ_page-0002

श्रेष्ठ र उनको श्रीमानको समेत गरी ४ करोड रुपैयाँ बैकमा रहेको देखिन्छ । उनका श्रीमान् पोल्यान्डका नागरिक हुन् ।  एभरेस्ट बैकमा रहेको ३७ लाख रुपैयाँ पारिश्रमिक भएको उनले उल्लेख गरेकी छिन् । श्रीमान र उनको गरेर स्वदेशी तथा विदेशी बैकमा ४ करोड १८ लाख रुपैयाँ बैठक ब्यालेन्स रहेको देखिन्छ । सुमना-श्रेष्ठ_page-0003

 यस्तै शिक्षामन्त्री श्रेष्ठको काभ्रे पलान्चोक रियाले ४ मा ८ रोपनी ६ आना ३ पैसा जग्गा समेत रहेको छ । उक्त जग्गा पारिश्रमिक बापत आएको नौ लाख ९५ हजारमा खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् ।  उनीसँग ११ तोला सुन, एक सय तोला चाँदी, हिरा दुई सेट रहेको विवरणमा समेटिएकी छन् ।

सुमना-श्रेष्ठ_page-0004

११ तोला सुन मध्ये १० तोला विवाहमा उपहार पाएको, १ तोला हजुरआमाले दिएको, एक सय तोला चाँदी विवाहमा उपहार पाएको सम्पत्ति विवरणमा उल्लेख छ । विभिन्न कम्पनीमा २५ देखि ७० प्रतिशतसम्म शेयर, पावलको पेन्सन, रिटायरमेन्ट फन्ड रहे पनि तत्काल निकाल्न नमिल्ने सम्पत्ति विवरणमा मन्त्री श्रेष्ठले उल्लेख गरेकी छिन् । 

रास्वपाका तर्फबाट मन्त्री भएका उनी सहित चार जनाले प्रधानमन्त्रीलाई सम्पत्ति विवरण सार्वजनिक गर्न दबाब दिएका थिए । 

 

प्रतिक्रिया