Edukhabar
आइतबार, १६ भदौ २०८१
खबर/फिचर

यी हुन यस वर्षका उत्कृष्ट विद्यालय

भौतिक पूर्वाधार,सरसफाइ हरियाली विद्यालय वातावरण,कक्षा ८ र माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा, विद्यार्थी आकर्षण, विद्यार्थी संख्या, असल अभ्यास, सह अतिरिक्त क्रियाकलापका आधारमा विद्यालय छनौट

शनिबार, २६ जेठ २०८१

काठमाडौँ-सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संस्था प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) ले असल अभ्यास गर्ने सामुदायिक विद्यालय, प्रधानाध्यापक र स्थानीय तहलाई सम्मान गरेको छ । 

पानको काठमाडौँमा भएको सम्मेलनमा उत्कृष्ट विद्यालय, प्रधानाध्यापक, स्थानीय तहलाई सम्मान गरेको हो । 

11

पानले कोशी प्रदेशबाट  उत्कृष्ट स्थानीय तहतर्फ  सूर्योदय नगरपालिका  इलाम, उत्कृष्ट विद्यालयमा  सुकुना मावि सुन्दरहरैचा, मोरङ र  उत्कृष्ट प्रधानाध्यापकतर्फ  कुवेर प्रसाद भेटवाल मनकामना रत्न अम्बिका मावि संखुवासभालाई सम्मान गरेको हो । 

त्यस्तै मधेस प्रदेशबाट  उत्कृष्ट स्थानीय तहतर्फ  कोहलवी नगरपालिका  बारा,  उत्कृष्ट विद्यालयतर्फ जनता मावि गौरीडाँडा, बर्दिबास र उत्कृष्ट प्रधानाध्यापकतर्फ  विनोद मेहता, शारदा मावि , सुगौली, पर्सालाई पानले सम्मान गरेको हो । बागमती प्रदेशबाट उत्कृष्ट स्थानीय तहतर्फ  काठमाडौँ महानगरपालिका,  उत्कृष्ट विद्यालयतर्फ नारायणी मावि चितवन र उत्कृष्ट प्रधानाध्यापकतर्फ प्रदिप पराजुली, जनक मावि काभ्रेपलान्चोकलाई सम्मान गरेको छ ।

गण्डकी प्रदेशबाट  उत्कृष्ट स्थानीय तहतर्फ  मध्यविन्दु नगरपालिका  नवलपरासी पूर्व , उत्कृष्ट विद्यालयतर्फ विन्ध्यवासिनी मावि, बाटुले चौर, कास्की र उत्कृष्ट प्रधानाध्यापक तर्फ  लेख बहादुर हमाल, प्रकाश मावि, बेनी, कास्कीलाई सम्मान गरेको छ । लुम्बिनी प्रदेशबाट उत्कृष्ट स्थानीय तहमा  ठाकुर बाबा नगरपालिका, बर्दिया, उत्कृष्ट विद्यालय तर्फ कालिका मानवज्ञान मावि, रुपन्देही र  उत्कृष्ट प्रधानाध्यापक तर्फ भागवत पौडेल, सेन्टर मावि, तुल्सिपुरलाई सम्मान गरेको छ ।

333

पानले कर्णाली प्रदेशबाट उत्कृष्ट स्थानीय तह चौरजहारी नगरपालिका, रुकुम पश्चिम, उत्कृष्ट विद्यालय तर्फ  चन्दननाथ नमुना मावि, खलङगा, जुम्ला र उत्कृष्ट प्रधानाध्यापकमा  याम बहादुर श्रेष्ठ, जन नमुना मावि, बिरेन्द्रनगर सुर्खेत लाई सम्मान गरेको छ । सुदूर पश्चिम प्रदेशबाट उत्कृष्ट स्थानीय तहमा धनगढी उप महानगरपालिका, कैलाली, उत्कृष्ट विद्यालय तर्फ  महेन्द्र नमुना मावि  दार्चुला र उत्कृष्ट प्रधानाध्यापक तर्फ शुभराज उपाध्याय, मालिका नमुना मावि, बाजुरालाई सम्मान गरेको हो । 

उत्कृष्ट स्थानीय तह छनोटको आधार शिक्षा क्षेत्रमा गरेको लगानी, निःशुल्क र समावेशी शिक्षाको पहल, दीर्घकालीन योजना, असल अभ्यास, प्राविधिक धार सञ्चालन, स्थानीय पाठ्यक्रम– सूचना तथा प्रविधि, सुशासनलाई आधार बनाएको पानले जनाएको छ । 

त्यस्तै उत्कृष्ट विद्यालय छनौटका आधारमा भौतिक पूर्वाधार,सरसफाइ हरियाली विद्यालय वातावरण,कक्षा ८ र माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजा, जनविश्वास –विद्यार्थी आकर्षण, विद्यार्थी संख्या, असल अभ्यास, सह अतिरिक्त क्रियाकलापलाई आधार बनाइएको पानले जनाएको छ । त्यस्तै उत्कृष्ट प्रधानाध्यापक छनौट गर्न नेतृत्व दक्षता, असल अभ्यास , विद्यालय वातावरण, गुणस्तर विकास र सुधार, समुदाय सहयोग परिचालन, सुशासन, सूचना प्रविधि दक्षतालाई आधार बनाएको जनाएको छ । 

 

प्रतिक्रिया