Edukhabar
शनिबार, १२ साउन २०८१
खबर/फिचर

गठन भएको १० दिन पछि समितिको काम शुरु

शिक्षा मन्त्री सुमना श्रेष्ठ, सचिव डा. दिपक काफ्ले लगायतका मन्त्रालयका अधिकारीहरुले आईतबार समितिका पदाधिकारीहरुलाई औपचारिक रुपमा स्वागत गरेका छन् ।

आइतबार, २७ जेठ २०८१

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको अतिक्रमणमा परेको जग्गा खोज्न गठन भएको समितिले गठन भएको १० दिन पछि आईतबारबाट काम शुरु गरेको छ । गत जेठ १७ गतेको मन्त्रीपरिषद् बैठकले पूर्व सचिव शारदाप्रसाद  त्रितालको संयोजकत्वमा समिति गठन गरेको थियो । शिक्षा मन्त्री सुमना श्रेष्ठ, सचिव डा. दिपक काफ्ले लगायतका मन्त्रालयका अधिकारीहरुले आईतबार समितिका पदाधिकारीहरुलाई औपचारिक रुपमा स्वागत गरेका छन् ।  

समितिमा पूर्व सहसचिव महेन्द्रकुमार थापा, जानकी बल्लभ अधिकारी, त्रिविका विज्ञ सदस्य प्रा.डा. प्रेम सागर चापागाईँ सदस्य छन् । समितिको सदस्य सचिवमा शिक्षा मन्त्रालयका उपसचिवलाई तोकिएको छ । 

समिति गठन बारेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले त्रिविका नाममा विभिन्न ठाउँमा रहेका जग्गा मध्ये प्रारम्भिक चरणमा समितिले उपत्यका भित्रको जग्गाको अध्ययन अनुसन्धान तथा छानबिन गर्ने बताएकी थिईन् । छानबिन प्रतिवेदन बुझाउन समितिलाई तीन महिनाको अवधि तोकिएको छ ।  विश्वविद्यालय रहेको किर्तिपुर वरीपरी ३ हजार ७ सय २२ रोपनी क्षेत्रफल मध्ये १ हजार दुई सय रोपनी जग्गा विभिन्न संस्थाले हडप्ने एवं बाटो बनाएर अतिक्रमण भएको छ । 

पढ्नुहोस् : भट्टीदेखि पेट्रोल पम्पसम्म सञ्चालन भएको त्रिविको जग्गा खोजविन गर्न समिति 

प्रतिक्रिया