Edukhabar
शनिबार, ०३ जेठ २०८२
अन्तैवाट

कलेजको मनोमानीमा केयुको साथ 

शुक्रबार, २५ मंसिर २०७२

काठमाडौँ, २५ मंसिर । एमबिबिएस तहको भर्नामा शुल्क सीमा, योग्यता र नेपाली विद्यार्थीको पहुँच बढाउने गरी भएका सरकारी निर्णय र सर्वोच्चको आदेश छल्न खोज्ने मेडिकल कलेजलाई काठमाडौँ विश्वविदालय (केयु)ले साथ दिएको छ। 

मनपर्दी शुल्क, विद्यार्थी छनोट र भर्नाको बाटो खुला गर्ने गरी केयुले मातहत कलेजलाई चारबुँदे गोप्य निर्देशन दिएको छ ।   केयुअन्तर्गत स्कुल अफ मेडिकल साइन्सेस डिन डा. नरेन्द्रबहादुर राणाले उपकुलपति लगायत अन्य पदाधिकारीलाई समेत गुमराहमा राखेर कलेजलाई फाइदा हुने गरी निर्देशन दिएका छन् । 

केही कलेज सञ्चालकको उपस्थितीमा आइतबार होटल द्धारिकाजमा बसेर राणाले कलेजलाई पठाउने पत्रको मस्यौदा तयार गरेको उच्च स्रोतले जनाएको छ।   सोही मस्यौदामा टेकेर मंगलबार केयुअन्तर्गत आठ कलेजका नाममा जारी भर्ना निर्देशनमा उपत्यकाबाहिरका कलेजको हकमा शुल्क सीमा तोकिएको छैन् । 

मन्त्रीपरिषदले उपत्यकाभित्रका कलेजमा ३५ लाख र उपत्यकाबाहिरका कलेजमा फ्याकल्टी बोर्डले तोक्ने निर्णय गरेको थियो ।   केयुअन्तर्गत काठमाडौँ मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाहेक सबै उपत्यकाबाहिर छन् । जसमा मणिपाल पोखरा, कलेज अफ मेडिकल साइन्सेस भरतपुर, नेपालगञ्ज, नोबेल, लूम्बिनी र विराट मेडिकल कलेज छन् । 

केयुअन्तर्गतका कलेजले गत बर्षकै आधारमा नेपाली विद्यार्थीसंग ५५ लाखसम्म शुल्क असुलिरहेका छन् ।   अदालतले अघिल्लोपटक कलेजमा फारम भर्न दिएको तीन दिनको समय अपर्याप्त भएको भन्दै नयाँ सुचना गर्नुपर्ने निर्देशन दिएकोमा सोसमेत नगरी केयुले पुरानै निर्णयलाई आधिकारिकता दिएको छ। 

(आजको नागरिक दैनिकमा दीपक दाहालले समाचार लेखेका छन्।)

 

 

प्रतिक्रिया