Edukhabar
शुक्रबार, २८ मंसिर २०८१
खबर/फिचर

शिक्षा समितिलाई १९ थरी शिक्षकको ‘टेन्सन’

'शिक्षक स्थायी र अस्थायी दुई थरीको हुनु पर्ने हो तर, यहाँ त १९ थरीका छन् । यताबाट जाने, उताबाट जाने राज्यको कोष खर्च हुने तर, उपलब्धि प्राप्त नहुने प्रवृत्ति छ’

शनिबार, १५ मंसिर २०८१

काठमाडौ-प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक १९ थरी शिक्षककै कारण टुङ्ग्याउन गाह्रो भएको बताएका छन् । 

शिक्षा बिग्रिएको सामुदायिक विद्यालय १९ थरीका शिक्षकका कारण बिग्रिएको उनले बताए । ‘१९ थरीका शिक्षक छन्, उनीहरूलाई एउटा डालोमा कसरी ल्याउने होला भन्ने शिक्षा मन्त्री र मलाई त्यसैमा छ । हामी दुवै जना यसको समाधान खोजिरहेका छौ,’प्याब्सनको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा उनले भने,‘शिक्षक स्थायी र अस्थायी दुई थरीको हुनु पर्ने हो तर, यहाँ त १९ थरीका छन् । यताबाट जाने, उताबाट जाने राज्यको कोष खर्च हुने तर, उपलब्धि प्राप्त नहुने प्रवृत्ति छ ।’ 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री र आफू विधेयक टुङ्ग्याउन लागि परेको उनले बताए । निजी क्षेत्रले पनि नियमन नहुँदा पैसा हेरेर संसार भुलिरहेको उनले बताए । ‘अब बन्ने विधेयकमा निजी विद्यालयलाई क्याटोगाराइज गरेर छाडा छाड्नु हुँदैन । अराजकलाई राज्यले नियन्त्रण गर्नु पर्छ,’उनले भने,‘छाडा र कालोबजारी रोक्ने दायित्व सरकारको हो ।’ 

 

प्रतिक्रिया