Edukhabar
शनिबार, ०३ जेठ २०८२
अन्तैवाट

चामल नहुँदा विद्यालय बन्द 

विहीबार, ०२ पुस २०७२

काठमाडौँ, २ पुस । आवासीय सुविधा पाएका विद्यार्थीहरुलाई खुवाउने चामल नभएपछि गोरखाको सिर्दिवास बुद्ध मावि खुल्ने नखुल्ने अन्योल भएको छ।  मनास्लु पदमार्ग अवरुद्ध हुँदा पैदल मार्गबाट खाद्यान्न पुर्याउन नसकिएको विद्यालयले जनाएको छ। 

हेलिकोप्टरबाट खाद्यान्न ढुवानी गर्ने पैसा विद्यालयसंग नभएकाले थप अन्योल भएको विद्यालयका प्रधानाध्यापक प्रकाश घिमिरेले बताए ।  तिहार विदापछि ६ मंसिरबाट विद्यालय सञ्चालनको तयारी रहेको थियो । विद्यालयमा आवासीय सुविधासहित बसेका एक सय २० विद्यार्थी रहेका छन् । 

चार सय विद्यार्थी रहेको बुद्ध मावि दुई सय सात जनाले विद्यालयमै खाना खाने गरेका छन् । 

(आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया