Edukhabar
आइतबार, ०८ भदौ २०८२
खबर/फिचर

निजी र सामुदायिक विद्यालयको इसीइडी दुई वर्षको हुने

शिक्षकको वृद्धि विकासको विषय भने टुङ्गो लागेको छैन । समिति सभापतिले कानुन मन्त्रालयलाई वृद्धि विकासको आधार तय गरेर समितिमा पेश गर्न निर्देशन दिएका छन् ।

शुक्रबार, १३ असार २०८२

काठमाडौं - प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले सामुदायिक र निजी विद्यालयको इसीडीमा समान अवधि राख्ने सहमती गरेको छ । समितिको शुक्रबार बसेको बैठकले पूर्व प्राथमिक शिक्षालाई दुई वर्षभन्दा भन्दा बढी अवधि नहुने गरी सञ्चालन गर्न नपाउने प्रावधान सर्वसम्मत रुपमा पारित गरेको हो । इसीइडीदेखि ८ कक्षासम्म आधारभूत तहको परिभाषित गरेको छ । 

त्यस्तै बाल सहजकर्ताको रुपमा नियुक्ति हुन कम्तीमा १२ कक्षा पढेको हुनु पर्ने प्रावधान पनि राखिएको छ । उनीहरुलाई दिने सुविधा दिनु पर्ने र सुविधा कम नहुने गरी स्थानीय कानुनमा भए बमोजिम दिनु व्यवस्था गरेको छ । सेवा प्रवेश तालिम लिनु पर्ने व्यवस्था राखिएको छ । 

अहिले कार्यरत शिक्षकले आयोगले लिने परीक्षामा उमेर हद नलाग्ने व्यवस्था गरेको छ । 

सरकारले इसीइडीमा पढाउने शिक्षकलाई सहयोगी कार्यकर्ता भन्ने गरेकोमा उपसमितिले बाल सहजकर्ताको रुपमा परिचय दिएको छ । 

इसीडी शिक्षकको वृद्धि विकासको विषय भने टुङ्गो लागेको छैन । उनीहरुलाई शिक्षक भन्ने कि नभन्नेमा बिबाद भएको छ । समिति सभापति अम्मर बहादुर थापाले कानुन मन्त्रालयलाई वृद्धि विकासको आधार तय गरेर समितिमा पेश गर्न निर्देशन दिएका छन् । सांसदहरुले बाल शिक्षक बनाउन माग गरेका छन् । मन्त्री रघुजी पन्तले भने बाल शिक्षकको रुपमा स्वीकार गर्न चाहेनन् । 

बाल शिक्षक भन्ने सम्बोधन नभएमा आफ्नो असमती रहने सांसद महिन्द्र राय यादवले बताए । माओवादी सांसद रेखा शर्मा पनि बाल शिक्षक राख्नु पर्ने पक्षमा छन् ।

यस अघि थापा संयोजकत्वको उपसमितले निजी विद्यालयहरुले सञ्चालन गर्दै आएका इसीइडीलाई ुछाडाु छाडेर सामुदायिक विद्यालयको इसीइडीलाई दुई वर्षको बनाउने प्रस्तावमा सहमती गरेको थियो ।

निजीलाई 'छाडा' छाडेर सामुदायिकको इसीइडी दुई बर्ष बनाउने तयारी

प्रधानमन्त्री केपी ओलीले निजीको इसीइडी दुई वर्ष भन्दा बढी सञ्चालन गर्न दिनु पर्ने अडान लिए पछि संसदीय समितिले पनि विभेद हुने गरी ऐनलाई अन्तिम रुप दिने तयारी गरेको थियो । 

प्रतिक्रिया