Edukhabar
शनिबार, ०३ जेठ २०८२
अन्तैवाट

केयुले कसैलाई टेरेन 

आइतबार, ०५ पुस २०७२

काठमाडौँ, ५ पुस । मेरिटमा भर्ना गर्न सरकारले गरेको निर्णयविपरित यसअघि मातहत कलेजले गरेका भर्नालाई बैधता दिन काठमाडौँ विश्वविद्यालय कलेजले प्रकाशन गरेको पुरानै सुचीलाई नयाँ भन्दै प्रकाशित गरेको छ। 

विश्वविद्यालयले तीन दिनअघि कलेजअनुसारका मेरिट लिस्ट (योग्यता सुची) भन्दै प्रकाशित गरिएको विवरण डेढ महिनाअघि नै कलेजले सार्वजनिक गरिसकेका थिए । 

सर्वोच्च अदालतले चालु भर्ना रोकेर फारम भर्न र नयाँ मिती तोकेर मेरिटका आधारमा भर्ना प्रक्रिया सार्न आदेश दिए पनि केयुले पुरानो सुची जस्ताको तस्तै सार्वजनिक गरी त्यसलाई समेत लत्याएको छ। 

सोमबार केयुले सार्वजनिक गरेको सुचीमा काठमाडौँकै दुई ठूला कलेज काठमाडौँ मेडिकल कलेज र ेनेपाल मेडिकल कलेजको सुची पनि छ । जुन ती कलेजले डेढ महिनाअघि सार्वजनिक गरेको विद्यार्थी कुलसंख्या, नाम र क्रमसंख्या हुबहुँ मिल्छ । 

यस्तो तथ्य बाहिर आएपछि नेपाल मेडिकल कलेजले आफ्नो वेबसाइटबाट पुरानो सुची हटाईसकेको छ। 

(आजको नागरिक दैनिकमा दीपक धितालले समाचार लेखेका छन्।)

प्रतिक्रिया