Edukhabar
शुक्रबार, २२ फागुन २०८२
अन्तैवाट

विद्यालय भर्नादरमा वृद्धि 

आइतबार, ०५ पुस २०७२

काठमाडौँ, ५ पुस । दाङको मानपुर, डरुवा र बाँकेको बैजापुरका सामुदायिक विद्यालयमा विद्यालय भर्ना दरमा वृद्धि भएको छ।   शैक्षिक सुधार भनेर विगतदेखि नै त्यस क्षेत्रका सामुदायिक विद्यालयमा ‘संगै सिकौ संगै बढौँ’ परियोजनासंगै ती विद्यालयमा अध्ययनरत विद्यार्थीमा सुधार आएको हो । 

विशेष गरेर शिशु कक्षादेखि कक्षा ८ सम्मका विद्यार्थीमा यो सुधारदेखा परेको छ।   सन् २०११ देखि गुणस्तरीय शिक्षाका लागी भनेर ब्याकफोर्ड सोसाइटी एजुकेसन बेसले मानपुर, डरुवाका १७ र बाँकेको बैजापुरका १० सामुदायिक विद्यालयमा यो कार्यक्रम गरेको छ। 

ती क्षेत्रमा शैक्षिक सुधारका लागी बालविकास केन्द्र, प्रारम्भिक तह, उपचारात्मक कक्षा, सिकाई अवसर सिर्जना गर्दै आएको छ । 

(आजको गोरखापत्र दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया