Edukhabar
सोमबार, १६ चैत्र २०८२
गतिविधि

आफ्नै निर्णयमा शिक्षामन्त्रीको विरोधाभाष !

आफ्नै निर्णयका बारेमा शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति सार्वजनिक भएको केही घण्टामै मन्त्री पोखरेलले उक्त विज्ञप्तिको विषय भन्दा फरक धारणा सार्वजनिक गरेका हुन् ।

आइतबार, १५ चैत्र २०८२

काठमाडौ - ब्रिज कोर्षका कक्षा सञ्चालनमा रोक लगाउने आफ्नो निर्णयमा शिक्षामन्त्री सस्मित पोखरेल आफै विरोधाभाषमा फसेका छन् । विभिन्न तहका परीक्षा लक्षित गरी हुँदै आएका ब्रिज कोर्षका कक्षा सञ्चालनमा रोक लगाएको भन्दै शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति सार्वजनिक भएको केही घण्टामै पोखरेलले उक्त विज्ञप्तिको विषय भन्दा फरक धारणा सार्वजनिक गरेका हुन् । 

मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाको हस्ताक्षरमा जारी विज्ञप्तिमा विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा एवं ब्रिज कोर्षका नाममा विभिन्न संस्थाहरुले सञ्चालन गर्दै आएका त्यस्ता कार्यक्रमहरु आगामी बैशाख १ गते देखि पूर्ण रुपमा बन्द गर्ने उल्लेख छ । 

हेर्नुहोस् मन्त्रालयको विज्ञप्ति 

moest_bridge
मन्त्रालयको विज्ञप्ति

मन्त्रालयको वेभसाईट मार्फत् उक्त विज्ञप्ति सार्वजनिक भएको केही घण्टामै मन्त्री पोखरेलले आफ्नो फेसबुक मार्फत् फरक धारणा सार्वजनिक गरेका छन् । विज्ञप्तिमा विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहका ब्रिज कोर्ष बन्द गर्ने भनिए पनि पोखरेलले कक्षा १२ सम्मका विद्यार्थीलाई लक्षित गरी सञ्चालन हुँदै आएका केही अतिरिक्त तयारी कक्षाहरू मात्रै बन्द गर्ने निर्णय गरिएको उल्लेख गरेका छन् । 

हेर्नुहोस् मन्त्रीको धारणा 

sasmit_bridge
मन्त्रीको धारणा

यस्ता कक्षाले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझ समेत पर्न जाने भन्दै मन्त्री पोखरेलले नियुक्ति भएकै दिन गत शुक्रबार गरेको निर्णय मन्त्रालयले आईतबार सार्वजनिक गरेको थियो । यस्ता कार्यक्रमहरु सञ्चालन भए नभएको अनुगमन गरी सञ्चालन गरेको पाईएमा प्रचलित कानन बमोजिम कारबाहीको प्रकृया अगाडी बढाउन समेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गरिन्छ विज्ञप्तिमा भनिएको छ ।

तर, उक्त विज्ञप्तिको भन्दा फरक हुने गरी मन्त्रीको धारणा सार्वजनिक भएको छ ।  

प्रतिक्रिया