Edukhabar
शनिबार, ०३ जेठ २०८२
अन्तैवाट

मध्यपश्चिम विश्वविद्यालयमा तालाबन्दी 

बुधबार, ०८ पुस २०७२

काठमाडौँ, ८ पुस । मध्यपश्चिम विश्वविद्यालय स्थापनाको पहिलो बर्षमा लामो समय तालाबन्दी भएकोमा त्यो फेरी पनि दोहोरिएको छ। 

कहिले विद्यार्थीले त कहिले प्रध्यापकले आ आफ्ना माग पुरा गराउन तालाबन्दी गर्ने गरेकामा यसपटक एमाओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीले तालाबन्दी गरेका हुन् । 

तालाबन्दी पछि आन्दोलनरत विद्यार्थीसंग वार्ताका लागी शिक्षा संकायका डीन गणेशकुमार कार्कीसंगको संयोजकत्वमा पाचँ सदस्यीय वार्ता समिती गठन गरीएको छ। 

विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्रकुमार मल्लले वार्ता भइरहेको विद्यार्थीका सबै माग पुरा गर्न सकिने भन्दै चाडैँ तालाबन्दी खुल्ने बताए । 

(आजको गोरखापत्र दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया