Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

वैशाख भरी शैक्षिक संस्था बन्द

विहीबार, १७ बैशाख २०७२

काठमाडौं १७ वैशाख / भूकम्पका कारण धेरै क्षती भएका ११ जिल्लाका शैक्षिक संस्था वैशाख भरका लागि विदा हुने भएका छन् । शिक्षा मन्त्रालयले वाग्मती अञ्चलका उपत्यका सहित ८ जिल्ला गोर्खा, दोलखा र रामेछापका सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

बाँकि जिल्लाको हकमा जिल्ला शिक्षा समिति र जिल्ला दैवि प्रकोप उद्धार समितिले आवश्यकता हेरी निर्णय गर्न सक्ने मन्त्रालयका प्रवक्ता डा. हरी लम्सालले बताए । ‘जेठ १ गतेबाट मात्रै शैक्षिक संस्था खोल्ने गरी निर्णय गरेका छौं’ उनले भने, ‘शिक्षा विभाग, विश्वविद्यालयहरु, उच्च माध्यामिक शिक्षा परिषद्, सिटिईभिटि लगायतका निकायलाई निर्देशन दिईसकिएको छ ।’ अहिले भएको विदालाई हिउँदे, बर्षे, लगायतका विदामा समायोजन गर्ने गरी ब्यवस्था गरिएको उनले बताए ।

भुकम्पले पुर्याएको क्षतीको विवरण संकलन गर्न शिक्षा विभागले उपसचिवहरुको नेतृत्वमा डेक्स स्थापना गरिसकेको छ । शिक्षा विभागद्धारा क्षतीको बिवरण संकलन शुरु

प्रतिक्रिया