Edukhabar
शनिबार, १५ बैशाख २०८१
खबर/फिचर

विद्यालयहरु १५ दिन विदा

बुधबार, १६ बैशाख २०७२

काठमाडौं १६ वैशाख / * भूकम्पका कारण विद्यालयहरु १५ दिन विदा हुने भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सनले उक्त अवधिमा विद्यालयलाई भूकम्प पीडितहरुका लागि आश्रय स्थलका रुपमा प्रयोग गर्न दिन आग्रह गरेको छ ।

जनजीवन सामान्य भएपछि उक्त विदालाई वार्षिक क्यालेण्डरको ब्यवस्थापन गर्दै जाडो, गर्मि वा अन्य विदामा मिलान गर्ने गरी पठन पाठन गरिने प्याब्सनले जनाएको छ ।

भूकम्पको विपत्तिमा परेकाहरुलाई सहयोग गर्न राहत कोषको समेत ब्यवस्था गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा हुने गरी प्राथमिक तहका विद्यालयले न्यूनतम पाँच हजार रुपियाँ, निमावि तथा माविले १० हजार रुपियाँ र उमावि तथा कलेजहरुले १५ हजार रुपियाँ अनिवार्य सहयोग गर्न आग्रह गरिएको छ । सो सहयोग रकम विद्यालयले आफ्नो कोषबाट गर्नुपर्ने महासचिव डीके ढुङ्गानाद्धारा जारी अपीलमा उल्लेख छ ।

प्याब्सनको अपील जस्ताको त्यस्तै :

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)

केन्द्रीय कार्यालय, काठमाडौँ

प्याब्सन केन्द्रीय सचिवालयको अपील

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) महाप्रलयकारीभूकम्पमा परी देशमा परेको संकटप्रति संवेदनशील भई तपसील अनुसार सबैमाहार्दिक अपील गर्दछ ।

१) महाप्रलयकारी भूकम्पमा परी जीवन गुमाउनेप्रति हार्दिक श्रद्धान्जली प्रकट गर्दछौँ ।

२) घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।

३) विपतको घडीमा आआफ्नो ठाँउबाट सहयोग गर्ने विद्यालय सञ्चालक, शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरुप्रति हार्दिक धन्यबाद व्यक्त गर्दछौँ ।साथै विद्यालयहरुमा आश्रय लिई बसेका पीडितहरुको उचित व्यवस्थापन गर्न र थपसहयोग पु¥याउनसमेत विद्यालयहरुलाई आग्रह गर्दछौँ ।

४) विद्यालयहरु १५ दिन बन्द गरी भूकम्प पीडितहरुका लागि आश्रय स्थलका रुपमा प्रयोग गर्न दिन पनि आग्रह गर्दछौँ ।

५) जनजीवन सामान्य भएपछि वार्षिक क्यालेण्डरलाई व्यवस्थापन गरी वैशाखमहिनामा पढाइ हुन नसकेको सबै दिनहरुलाई पछि जाडो, गर्मी वा अन्य बिदामामिलान गरी पठनपाठन गराउन समेत अनुरोध गर्दछौँ ।

६) उपत्यकाबाट बाहिरजानका लागि प्याब्सनको पहलमा विद्यालयहरुका बसहरु प्रयोगमा ल्याइएको र थपसहयोगका लागि समेत विद्यालयहरुलाई आग्रह गर्दछौँ ।

७) प्रलयकारीभूकम्पको विपत्तीमा परेकाहरुलाई आर्थिक सहयोग पु¥याउन राहत कोषको समेतव्यवस्था गरेका छौँ । सोका लागि पूर्व प्राथमिक तथा प्राथमिक तहकाविद्यालयले न्यूनतम पाँच हजार रुपियाँ, निमावि तथा माविले १० हजार रुपियाँ रउमावि तथा कलेजहरुले १५ हजार रुपियाँ अनिवार्य सहयोग गर्न आग्रह गरिएको छ ।सो सहयोग रकम विद्यालयले आफ्नो कोषबाट गर्नुपर्ने ।

सहयोग रकम मेघाबैँकको कान्तिपथ शाखाको खाता नम्बर ००१००१००४६७४७ मा जम्मा गरी भौचरसम्बन्धित जिल्ला प्याब्सनमा पठाउनुपर्ने छ । संकलित सम्पूर्ण रकम एकमुष्ठप्रधानमन्त्री दैवी राहत कोषमा जम्मा गरिनेछ । साथै, सहयोग गर्नेविद्यालयको लगत खडा गरी पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिनेछ ।

८) भूकम्प पीडितहरुका लागि निजी तथा आवासीय विद्यालयमा कार्यरत शिक्षक एवंकर्मचारीलाई एक दिन बराबरको तलब सहयोग स्वरुप प्रदान गर्न आह्वान गर्दछौँ ।

९) संकटग्रस्त जिल्लाका विद्यालयहरुमा भएको क्षति विवरण संकलन एवं राहतवितरण सम्बन्धी कार्य गर्न प्याब्सन जिल्ला अध्यक्षको संयोजकत्वमा त्यसक्षेत्रबाट केन्द्रमा प्रतिनिधित्व गर्ने पदाधिकारी एवं सदस्यहरु समेतसँगसमन्वय गरी तत्काल कार्य आरम्भ गर्न अनुरोध छ । यसबारेमा सम्बन्धित जिल्लाशिक्षा कार्यालयहरुले पनि कार्य गरिरहेको हुँदा तत्काल जिशिकासँग समन्वयगर्न पनि अनुरोध गर्दछौँ ।

डीके ढुँगाना
महासचिव

* सच्याईएको - स.

प्रतिक्रिया