Edukhabar
आइतबार, ०४ जेठ २०८२
अन्तैवाट

पुग्ला शैक्षिक सत्रको शुरुमा पाठ्यपूस्तक ?

आइतबार, १२ पुस २०७२

काठमाडौँ, १२ पुस । नयाँ शैक्षिक सत्र शुरु हुन अब चार महिना मात्र बाँकी छ । तर विद्यार्थीलाई पुस्तक पुर्याउनुपर्ने भन्दै नयाँ बहस शुरु भएको छ।  नियुक्त भएलगत्तै शैक्षिक सत्र शुरु हुनुपूर्व प्रत्येक जिल्लामा आवश्यक पाठ्यपूस्तक पुर्याउने प्रतिबद्धता जनाएका शिक्षामन्त्री गिरीराजमणी पोखरेलले शुक्रबार सरोकारवालाहरुबीच त्यही प्रतिबद्धता दोहोर्याए । 

आफ्नो प्रतिबद्धता पुरा गर्न उनले जनक शिक्षा सामग्री केन्द्रको निरीक्षण गरेका छन् भने पुस्तक व्यवस्थापन गर्ने निकायलाई सक्रिए बनाएका छन् ।  उनले दिनहुँजसो बैठक समेत गरिसकेका छन् । मन्त्री पोखरेलले शुक्रबार सरोकारवाला, शिक्षा विभागका सहसचिवहरु, जनक शिक्षा र साझा प्रकाशन लगायतका पदाधिकारीलाई राखेर छलफल गरे । 

त्यसक्रममा उनले शैक्षिक सत्र शुरु हुनुभन्दा पहिले पुस्तक छपाई सक्ने आधार र योजना पुस २३ सम्मा पेश गर्न  जनक शिक्षालाई निर्देशन समेत दिए । मन्त्रीले प्रतिबद्धता जनाए पनि शैक्षिक सत्रको सुरुमा पुस्तक पुर्याउने प्रतिबद्धता उनका लागी चुनौतिपूर्ण रहेको अभिभावक संघका अध्यक्ष सुप्रभावित भण्डारीले बताए । 

शिक्षा विभागका अनुसार शैक्षिक सत्र शुरु भएको दुई साताभित्र ७६ प्रतिशत विद्यार्थीले मात्रै पाठ्यपूस्तक पाउँछन् ।  विगतमा पनि शैक्षिक सत्र शुरु हुनुपूर्व नै देशभरका विद्यार्थीको हातमा पुस्तक पुर्याउने विषयमा छलफल हुने गरेको थियो भने संसदमा समेत बहस हुने गरेपनि सायमै पाठ्यपुस्तक नपुग्ने समस्या कायमै  छ।

(आजको कान्तिपुर दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया