Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

भूकम्प पछि १ हप्ता सम्म विद्यालय बन्द गर्ने निर्णय

आइतबार, १३ बैशाख २०७२

काठमाडौं १३ वैशाख / भूकम्प पछि शिक्षा मन्त्रालयले संकट ग्रस्त ११ जिल्लामा १ हप्ता सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बाग्मतीका सबै गोर्खा, रामेछाप, मकबानपुर लम्जुङ् लगायत ११ जिल्लमा विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता डा.हरी लम्सालले बताए ।

बाँकी जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको समितिले आवश्यक निर्णय गर्ने उनले बताए । विद्यालयहरुमा पुगेको क्षतीको विवरण संकलन गर्ने काम भईरहेको उनले बताए ।

विभिन्न जिल्लाबाट विद्यालय भवनहरु ध्वस्त भएको खबर संकलन भईरहेको तर यकिन विवरण प्राप्त नभएको उनले बताए । कतिपय जिल्लामा सरकारी कार्यालयहरु समेत ध्वस्त भएका छन् । हेटौंडामा रहेको क्षेत्रीय शिक्षा निर्देशनालयनै बस्न नहुने भएको उनले बताए ।

शनिबारको भूकम्पमा परी हजारौं मान्छे हताहत भएका छन् । आईतबार विहान सम्म ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ५ पुगेको गृहमन्त्रालयले जनाएको छ । हजारौं घाईते भएका छन् । घटनाको यकिन विवरण संकलन भईरहेको सरकारले जनाएको छ । उद्धार कार्य जारी छ ।
सरकारले उद्धारका लागि हर सम्भव गर्ने बताईसकेको छ । विभिन्न सामाजिक संघ संस्था उद्धारमा ब्यस्त छन् ।

तस्विर ईन्टरनेट

प्रतिक्रिया