Edukhabar
आइतबार, ०४ जेठ २०८२
अन्तैवाट

नोभा कलेजको सम्बन्धन परिवर्तन 

मंगलबार, १४ पुस २०७२

काठमाडौँ, १४ पुस । नयाँ बानेश्वर, मीनभवनस्थित नोभा इन्टरनेश्नल कलेजले हालै आफ्नो सम्बन्धन परिवर्तन गरेको छ। 

डेल्टा इन्टरनेश्नल युनिभर्सिटी अफ न्यु ओल्यार्सको सम्बन्धनलाई यस कलेजले शिक्षा मन्त्रालयबाट सम्बन्धन परिवर्तनको स्वीकृति पाएको कलेजले जनाएको छ। 

यस कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुलाई जब प्लेमेण्टको पनि व्यवस्था गरिएको छ । विश्वको अत्याधुनिक शिक्षण प्रणालीबाट अध्ययन गरिने तथा डिजिटल असाइन्मेण्ट पोस्टिङका व्यवस्था अपनाइएको कलेजले अनलाइनमार्फत पनि केही विषयको परीक्षा दिने व्यवस्था अपनाएको छ।

(नागरिक दैनिकमा प्रकाशित)

प्रतिक्रिया