Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

उत्कृष्ठ शिक्षकको खोजी (५० हजार पुरस्कारको घोषणा)

शुक्रबार, ११ बैशाख २०७२


काठमाडौं ११ बैशाख/पीपी प्रसाई फाउण्डेशनले नमुना शिक्षण सिकाईबाट सामुदायिक विद्यालय सुधार गर्ने उत्कष्ठ शिक्षकको खोजी गरेको छ।फाउण्डेशनले चौथो राष्ट्रिय पीपी प्रसाई  उत्कृष्ठ शिक्षक पुरस्कारको आव्हान गरेको हो ।

 फाउण्डेशनले चौथो राष्ट्रिय पीपी प्रसाई  उत्कृष्ठ शिक्षक पुरस्कारको आव्हान गरेको हो । 

 शिक्षा क्षेत्रमा विशिष्ट योगदान पर्‍याउने सामुदायिक विद्यालयका शिक्षकलाई (प्रजापति) पी.पी प्रसाईं पुरस्कार हरेक वर्ष प्रदान गरिन्छ । एक जना उत्कृष्ट राष्ट्रिय शिक्षकलाई ५० हजार, पाच विकास क्षेत्रबाट एक एक जना गरी पाच जनालाई उत्कृष्ट शिक्षकलाई जनही २५ हजारका दरले पुरस्कार र विद्यालयलाई १० हजार बराबरको शैक्षिक सामाग्री प्रदान गरिन्छ । 

गत वर्ष उत्कष्ठ राष्ट्रिय शिक्षक पुरस्कार जनप्रेम उच्च माध्यमिक विद्यालय, बाग्लुङमा कार्यरत शिक्षक नईन्द्र बहादुर गुरुङलाई प्रदान गरिएको थियो । त्यसैगरी उत्कृष्ट शिक्षक पुरस्कार द्रोण बहादुर श्रेष्ठ (पुर्वाञ्चल), बासु प्रसाद सुवेदी (मध्यमाञ्चल), केशर बहादुर थापा (पश्चिमाञ्चल), गेहन्द्र प्रसाद दाहाल (मध्यपश्चिमाञ्चल) र तिलक राज कलौनी (सुदर पश्चिमाञ्चल) लाई प्रदान गरिएको थियो । 

 

देशभरबाट आवेदन माग गरेर उत्कृष्ठ शिक्षक छनौट गरिन्छ । शिक्षकको पढाउने शैली, विद्यार्थीको आवश्यकता प्रति उनीहरुको बुझाई, शिक्षा प्रति उनीहरुको प्रतिवद्धता, शिर्जनशीलता, अभिभावक तथा समाजसँगको उनीहरुको सम्बन्ध, विद्यालय तथा विद्यार्थीको विकास लगायतका क्षेत्रमा उनीहरुको मुल्यांकनका आधारमा छनौट गरिन्छ । 

उम्मेदवारहरुको छनौंट, मनोनयनलगायतका प्रक्रियामा शिक्षा विभागसँग सहकार्य गरिने फाउण्डेशनले जनाएको छ । असार १५ भित्र निवेदन दिइसक्नु पर्ने समयअवधि दिएको छ । 

छनौटमा पर्न के गर्ने ? 

–तपाई अहिले कुन तहमा के के बिषय शिक्षण गर्नुहुन्छ ? 

–तपाईले अध्यापन गर्ने विषय वा तहको औषत बार्षिक सिकाई उपलब्धी कति प्रतिशत छ ? 

–शिक्षक /प्रअ भए तपाईले जीवनमा गरेको नया र बिशेष काम के हो ? ५० शब्दमा उल्लेख गर्नुहोस् ।

–तपाईले पक्कै शिक्षक तालिम लिएको हुनु भएको होला, आफनो तालिममा सिकेको सीप कक्षामा प्रयोग गर्नु भएको छ भने त्यसले छात्रछात्राको सिकाई सुधारमा गरेको योग्दान बारे उदाहरण सहित ५० शब्दमा उल्लेख गर्नुहास् । 

–कक्षा शिक्षण रोचक बनाएर छात्रछात्रालाई बिषय बुझाउन पुस्तक बाहेक कुन कुन शैक्षिक सामाग्री प्रयोग गर्नु भएको छ ? यदी छ भने ५० शब्दमा उल्लेख गर्नुहोस् । 

–विद्यार्थीको सिकाई प्रगति जाच्न कुन मुल्याङकन विधि प्रयोग गर्नुहुन्छ ? कक्षाका कमजोर विद्यार्थीलाई स्तर उकास्न प्रयास गर्नु भएको छ ? यदि छ भने ५० शब्दमा उल्लेख गर्नुहोस् एडुखबर ।

–आफूले सिकेको ज्ञान र सीप आफना सहकर्मी शिक्षकसंग आदानप्रदान गर्नु भएको छ ? छ भने आफूले बाडेको र आफूले पाएको ज्ञान, सीप र अनुभव ५० शब्दमा लेख्नुहोस् । 

–तपाई आम शिक्षक भन्दा भिन्न हुनुहुन्छ ? हुनुहुन्छ भने कुसरी ? ५० शब्दमा लेख्नुहोस् । 

–प्रधानाध्यापकका रुपमा स्कूलको उन्नतिका लागि तपाईले गर्नु भएका पाचवटा बिशेष काम बुदागत रुपमा उल्लेख गर्नुहोस् (प्रअको लागि मात्रै एडुखबर)

–शिक्षक/ प्रअ भएर विद्यालयकाृ हित बाहेक तपाईले कुनै सामाजिक वा सार्वजनिक हितको काम गर्नु भएको छ ? छ भने त्यो काम के हो ? ५० शब्दमा उल्लेख गर्नुहोस् । 

 

प्रतिक्रिया