Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

शिक्षक विज्ञापनमा थप घट (कहाँ के कति पद थप घट भए)

बुधबार, ०९ बैशाख २०७२

काठमाडौं ९ वैशाख / शिक्षक सेवा आयोगले खोलेको विज्ञापनमा थपघट हुँदा ६५ पद थपिएको छ । माध्यमिक तर्फ ५२ र निमावि तर्फ १३ पद थप भएको छ । अब, चैत २४ गते भएको विज्ञापनमा यो संख्या थपिने छ । शिक्षा विभागले गरेको संशोधन पछि उक्त पद थपिएको हो । कतिपय विषयमा घटेको भएपनि कूल संख्यामा पद थप भएको छ ।आयोग खुलेको खबरका लागि क्लिक गर्नुहोस् शिक्षक आयोग खुल्यो (आयोगको विज्ञापनसहित)

संशोधित पद अनुसार पूर्वाञ्चलको माध्यामिक तर्फ गणित र विज्ञानमा यस अघि ९१ पदका लागि विज्ञापन गरिएकोमा अव १ सय १३ पद कायम भएको छ ।

यस्तै मध्यमाञ्चलमा अंग्रजी, विज्ञान, सामाजिक र संस्कृत साहत्यिमा यस अघि भएको १ सय ८९ पदमा अब १ सय ९६ कायम भएको छ ।
यस्तै मध्य पश्चिमाञ्चलमा गणित र विज्ञानमा गरी ३६ पद भएकोमा अब ५२ पद कायम भएको छ ।

उल्लेखित स्थान र विषयमा यस अघि ३ सय ६२ पद भएकोमा अव बढेर ४ सय १४ पद पुगेको छ ।

यस्तै, निमावि तर्फ पूर्वाञ्चलमा नेपाली, अंग्रेजी, गणित/विज्ञान, विज्ञान र सामाजिकमा यस अघि भएको १ सय ११ पदमा अब १ सय १५ पद कायम भएको छ ।

यस्तै मध्यमाञ्चलतर्फ नेपाली अंग्रेजी, गणित/विज्ञान र सामाजिकमा यस अघि भएको २ सय ८२ पदमा २ सय ९० पद कायम भएके छ । सुदुर पश्चिमाञ्चालमा गणित/विज्ञानमा यस अघि ६ पद भएकोमा अव ७ पद हुने भएको छ ।

उल्लेखित स्थान र विषयमा यस अघि ३ सय ९९ पद भएकोमा अव बढेर ४ सय १२ पद पुगेको छ ।

विज्ञापन गरेपछि १५ दिन भित्र पद संख्या संशोधन गर्न सकिने प्रावधान अनुसार विभागले पद थप घट गरी पठाएपछि यकिन गरिएको आयोगका प्रशासकीय अधिकृत लक्ष्मीराम पौडेलले बताए ।

के कति पद थप घट भए हेर्नुहोस् :


प्रतिक्रिया