Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

शुल्क फिर्ता नगरे कडा आन्दोलन : विद्यार्थी संगठन

बुधबार, ०९ बैशाख २०७२

काठमाडौं ९ वैशाख / निजी विद्यालयहरुले बढाएको शुल्क एक हप्ता भित्र फिर्ता नगरे कडा आन्दोलन गर्ने विद्यार्थी संगठनहरुले निर्णय गरेका छन् । यस अघिनै भएको सहमती अनुसार बढाएको शुल्क एक हप्ता भित्र फिर्ता गर्नु पर्ने तथा नियम बाहिर गएर शुल्क निर्धारण गर्ने विद्यालयहरुको दर्ता खारेज गर्ने सम्मको कारवाहि गर्न उनीहरुले माग गरेका छन् ।

शिक्षा मन्त्रालय र विद्यार्थी संगठनहरु विच गएको आईतवार भएको सहमती अनुसार बढेको शुल्क १५ दिन भित्र फिर्ता गर्ने र प्राविधिक समिति  बनाएर शुल्क निर्धारण गर्ने तय भएको छ । नियम नमान्ने विद्यालयहरुलाई बन्द गर्ने सम्मको सहमती भएको थियो । उक्त सहमतीका लागि क्लिक गर्नुहोस् निजी विद्यालयको शुल्कका बारेमा भएको सहमती

मन्त्रालयसंग भएको सहमती पछि पहिलो पटक बसेको विद्यार्थी संगठनहरुको बैठकले शुल्क कार्यान्वयनको लागि कृयाशिल भएकै आधारमा अनेरास्ववियू कास्किका अध्यक्ष शेखर गौतम माथि आक्रमण भएको ठहर समेत गरेको छ । निजी विद्यालय सञ्चालकहरुले प्रयोग गरेका गुण्डा  र प्रहरी मिलेर आक्रमण गरेको उनीहरुको ठहर छ । घटनाको बैठकले भत्र्सना पनि गरेको छ ।

बैठकले स्ववियु चुनाव गर्न सर्वोच्वद्धारा भएको परमादेशलाई स्ववियू चुनाव गर्न परमादेश मध्यनजर गर्दै निर्वाचनको वातावरण तयार गर्न त्रिविलाई अपिल पनि गरेको छ ।

यस्तै जाजरकोटमा फैलिएको महामारी नियन्त्रणका लागि ठोस कदम चाल्न बैठकले सरकारलाई ध्यानाकर्षण समेत गरेको छ ।

बैठक पछि जारी विज्ञप्ति :

तस्विर : नेविसंघ प्रवक्ता यूपी लामिछानेको फेसबुकबाट

प्रतिक्रिया