Edukhabar
आइतबार, २९ असार २०८२
अन्तैवाट

भत्किएका विद्यालय पुनःनिर्माण शुरु

विहीबार, १६ पुस २०७२

काठमाडौँ, १६ पुस । जिल्ला शिक्षा कार्यालय उदयपुरले गत बैशाख १२ गते गएको भूकम्पका कारण भत्किएका विद्यालय तथा चर्किएका कतिपय कक्षा कोठा लगायतका भौतिक संचरनाको पुननिर्माणसम्बन्धि काम शुरु गरिएको  छ। 

विद्यालय र कक्षा कोठाको अभावमा विद्यार्थीहरुको नियमित पठनपाठनमा अप्ठ्यारो भइरहेको भन्ने गुनासो आइरहेको अवस्थामा चाल यसै आर्थिक बर्षमा निर्माण कार्य सम्पन्न गर्नेगरी पुननिर्माण सम्बन्धिको काम थालिएको निमित्त जिल्ला शिक्षा अधिकारी लेखनाथ लुइटेलले बताए । 

जिल्ला शिक्षा कार्याल्य मार्फत निर्माण सम्पन्न हुने गरी शिक्षा विभागको भौतिक सुविधा विस्तार कार्यक्रम अन्तर्गत विद्यालयको आवश्यकता आधारमा व्यवस्थापन समितीबाट निर्णय गराई स्थानीय स्रोतको लागत अनुमान र सम्बन्धित गाउँ विकास समिती र नगरपालिकाको सिफारिस समेतको आधारमा निर्माणको कोटा वितरण गरिएको जिशिअ भूपेन्द्र कोइरालाले बताए । 

(गोरखापत्र दैनिकमा प्रकाशित) 

 

प्रतिक्रिया