Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

स्ववियू चुनाव गर्न परमादेश

मंगलबार, ०८ बैशाख २०७२

काठमाडौं ८ वैशाख / विगत ६ बर्ष देखि हुन नसकेको स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव तीन महिना भित्र गर्न सर्वोच्च अदालतले परमादेश दिएको छ । त्रिभुवन विश्वविद्यालय ६० आंगिक र सम्बन्धन प्राप्त गरी लगभग ६ सय क्याम्पसहरुमा स्ववियूको चुनाव हरेक २ २ बर्षमा हुनु पर्ने व्यवस्था छ ।

तोकिएको समयमा केही कारणले चुनाव नभए सोहि समितिले थप २ बर्ष काम गर्न पाउने व्यवस्था भएपनि ६ बर्ष देखि चुनाव हुन सकेको छैन ।
स्ववियूको पछिल्लो चुनाव २०६५ सालमा भएको थियो ।

त्रिविले गत जेठमा घोषणा गरेको चुनाव अन्तिम समयमा आएर अनिश्चित समयका लागि  स्थगित भएको थियो । चुनावको माग गदै अखिल छैठौंका विमलप्रसाद पोखरेलले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाई गर्दै सर्वोच्चले तीन महिना भित्र चुनाव गर्न भनेको हो ।

प्रधानन्यायाधिस रामकुमार प्रसाद साह र न्यायाधिस चोलेन्द्र शमशेर जवराको इृजलासले सरकार र त्रिविलाई चुनाव गर्न आदेश दिएको हो ।

तस्विर : ईन्टरनेट 

प्रतिक्रिया