Edukhabar
आइतबार, ०४ जेठ २०८२
अन्तैवाट

विदेशमा डाक्टरी पढ्न ‘इन्ट्रान्स’पास गर्नैपर्ने 

मंगलबार, २१ पुस २०७२

काठमाडौँ, २१ पुस ।  एमबीबीएस/बीडीएस अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुले समेत नेपालमा लिइने प्रवेश परीक्षा उत्तीर्ण गर्नु पर्ने भएको छ। प्रवेश परीक्षा उत्तीर्ण नगरी विदेशमा पढ्न गए अध्ययन पूरा गरी फर्केपछि मुलुकमा चिकित्सकीय अभ्यास गर्न पाउने छैनन्। 

यसै वर्षदेखि प्रवेश परीक्षा पास नगरेर अन्य मुलुकमा समेत एमबीबीएस÷बीडीएस पढ्न पाइने छैन, मेडिकल काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले भने।  उनका अनुसार यसअघि फिजिक्स, कमेस्ट्री र बायोलोजीमा छुट्टाछुट्टै ५० प्रतिशत र समग्रमा ५० प्रतिशत ल्याउने विद्यार्थीले मुलुकबाहिर गएर एमबीबीएस/बीडीएस गर्न पाउँथे। तर अब प्रवेश परीक्षासमेत अनिवार्य छ ।  

प्रवेश परीक्षा उत्तीर्ण गरेपछि मात्र विदेशमा एमबीबीएस पढ्न जान दिने माथेमा आयोगको प्रतिवेदनको सुझावअनुसार यस्तो प्रावधान ल्याइएको हो ।

(कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया