Edukhabar
आइतबार, ०४ जेठ २०८२
अन्तैवाट

क्याम्पसको काज मागेर अख्तियारको आयुक्त !

बुधबार, २२ पुस २०७२

काठमाडौँ, २२ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त सावित्री थापा गुरुङले त्रिभुवन विश्वविद्यालयको सेवा यथावत रहने गरी बेतलबी काज स्वीकृत गराएको भेटिएको छ।  आयुक्तमा नियुक्ति पाएलगत्तै गुरुङले आयुक्तका हैसियतले नै त्रिभुवन विश्वविद्यालयको रजिष्टारालार्य निवेदन लेखेर बेतलबी काज स्वीकृत गराएकी हुन् । 

त्रिभुवन विश्वविद्यालय स्रोतबाट प्राप्त कागजातअनुसार गुरुङले पाएको करिब तीन सातापछि आयोगमार्फत नै पत्र पठाएको खुलेको हो ।  आयुक्त गुरुङले आयोगमा दर्ता गराएको निवेदन अख्तियारले बैशाख १७ गते आधिकारिक पत्राचारमार्फत नै त्रिवि रजिष्टारको कार्यालयमा पठाएको छ। 

गुरुङ प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा सहप्रध्यापक छिन् ।  निवेदनको सुनुवाई गर्दै त्रिवि कार्यकारी परिषदको २०७२ जेठ २८ को बैठकले गुरुङको एक बर्षको बेतलबी काज स्वीकृत गर्ने निर्णय गरेको थियो । 

(कान्तिपुर दैनिकमा प्रकाशित)

 

 

 

प्रतिक्रिया